रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका समकक्षी इब्राहिम राइसीबीच मंगलबार तेहरानमा भेटवार्ता हुँदैछ । सो छलफलमा टर्कीका राष्ट्रपति रेसेप तेय्यीप एर्डोगान पनि सहभागी हुनेछन् । त्रिपक्षीय हुने भनिएको यो छलफल सिरियामा जारी द्वन्द्वमा केन्द्रित हुने भनिए पनि युक्रेन युद्धको बारेमा कुराकानी हुने अपेक्षा गरिएको छ ।दुई देशका नेता र प्रतिनिधिमण्डलबीच दुई पक्षीय वार्ता पनि हुनेछ जसमा इरानको २०१५ को परमाणु सम्झौताजस्ता विषय छलफलको केन्द्र हुने बताइएको छ । सिरियाको विषयमा तीन देशबीच विवाद चर्किरहेको