जनकपुरधाम : मधेश प्रदेशको प्रदेशसभा बैठकले जाँचबुझ आयोगसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक बुधबार सर्वसम्मत पारित गरेको छ।प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पेस गरेको विधेयक छलफलपछि सर्वसम्मत पारित भएको सभामुख सरोज यादवले बताए।मन्त्री साहले पेस गरेको जाँचबुझ आयोगको गठन तथा काम कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपले पारित भएको हो।जाँचबुझ आयोगमा अदालतका पूर्वन्यायाधीश, मुख्य न्यायाधिवक्ता वा प्रदेश सरकारका बहालवाला सचिव, उपसचिव वा