मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ । वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित ज्येष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको वनखेतमा रहेको सो केन्द्रमा च्याउखेती गरिँदै आएको छ । केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिकरूपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशकयता वद्धाश्रममै च्याउखेती गरिरहेको जानकारी दिए । “वृद्धाश्रमलाई