नेपाल प्रेस युनियन सप्तरीको कार्यालय स्थापना भएको छ ।
सदरमुकाम राजविराजमा स्थापना भएको कार्यालयको शनिवार एक कार्यक्रमका बीच युनियनका महासचिव अजयबाबु शिवाकोटीले उद्घाटन गरे ।
सो अवसरमा शिवाकोटीले युनियनको आफ्नै कार्यालय स्थापना हुनु खुशीको कुरा भएको बताए । उनले यसले सप्तरी जिल्लाका साथीहरुलाई युनियनको गतिविधि सञ्चालन गर्न थप मद्दत पुग्ने बताउँदै संगठनलाई थप सशक्त बनाउन सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्लाका सचिव रामकुमार यादवले लोकतन्त्र र संघीयताको रक्षा गर्न पत्रकारले कलम चलाउन...