काठमाण्डाै - प्युठानको सरुमारानी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
सरुमारानी गाउँपालिकाको अध्यक्षमा झगबहादुर विश्वकर्मा चार हजार २८० मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी सत्ता गठवन्धनका नेपाली कांग्रेसका मुकुन्दराज शर्माले चार हजार १९४ मत ल्याउनुभयो ।
यस्तै, उपाध्यक्षमा पनि एमालेकै बसन्ता खड्काले चार हजार ३९४ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी माओवादी केन्द्रका गुप्तबहादुर रानाले चार हजार २७ मत ल्याउनुभयो ।