काठमाडौं: करिब ७० लाख रुपैयाँसहित समातिएका हुण्डी कारोबारी नुवाकोट ककनी-३ का नवराज ढुङ्गानाविरुद्ध मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले हुण्डी कारोबारी ढुङ्गानासहित सोही ठाउँका फणिन्द्रप्रसाद ढुङ्गाना (बालाजुस्थित शिव सर्भिस एण्ड मल्टिपर्पोज प्रालिका सञ्चालक), हाल जापान बस्ने प्रज्वल ढुङ्गाना र नुवाकोट भीरकोटगढी ११ का सुवास जंग पाण्डे (काठमाडौं म्हैपीस्थित सुवास क्यासमिर कलेक्शनका सञ्चालक) विरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।उनीहरूले विदेशी विनिमय नियमित गर्न