विराटनगर : चोकको चिया पसल होस् या अन्यत्र सबैतिर चर्चा मंसिर ४ मा हुने निर्वाचनकै हुन्छ। प्रतिनिधिसभा र प्रदेशसभाका प्रतिनिधिको ५ वर्षे कार्यकालको लेखाजोखा गरिसकेका मतदाताका लागि अब आउने निर्वाचनमा कसले जित्ला भन्ने खुलदुली छ।मंसिर लाग्नै लाग्दा पनि रापिलो घामले नछोडेको इटहरी चोक‚ त्यसलाई अझै तताएको छ चुनावी माहोलले। चोक हुँदै गाउँबस्ती चुनावी चर्चाले ओगट्दै गर्दा इटहरीको विराटनगर लाइनमा भेटिएकी कालिका चौधरीलाई भने चुनावको चर्चा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ झैँ&