काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि गएराति १२ बजे मौन अवधि सुरु भएको छ । निर्वाचन कसुर तथा सजाय ऐनअनुसार मतदानअघिको ४८ घण्टालाई ‘स्थिर समय’ भनिएको छ । स्थिर समयमा दल तथा उम्मेदवारको पक्षमा कुनै पनि निर्वाचन सामग्री प्रचार गर्न पाइँदैन। मंसिर ४ गतेको बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घण्टा अर्थात् बिहीबार राति १२ बजे मौन अवधि सुरु भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो अवधिमा दल तथा उम्मेदवारको पक्षमा छलफल, अन्तरक्रिया,