अदक्ष कामदारको सट्टा दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउन सकिए लाभ बढी हुने भन्दै सरकारले दक्ष जनशक्ति निर्यातलाई प्राथमिकता दिएको छ । पछिल्लो समय अदक्षको दाँजोमा चार पाँच गुणा बढी दक्ष कामदार वैदेशिक रोजगारीमा गएको पाइएको छ । यसरी दक्ष जनशक्ति बाहिरिँदा साँचिकै दक्ष जनशक्ति पठाउन सकिएको हो वा प्रतिभा पलायन भएको हो, छुट्ट्याउन कठिन भएको छ ।
रोजगारीकै लागि मात्रै विदेशिएका हुन् भने तिनले पठाउने विप्रेषण रकम निकै बढ्ने देखिन्न्छ । त्यसले देशलाई फाइदा हुन्छ । यस्तो जनशक्ति नेपाल फर्किएर आउँछ र उसले विदेशमा सिकेको शीप र रकम लगानी गरेर यहीँ कुनै व्यवसाय गर्छ । तर, प्रतिभा पलायन हो भने त्यसले मुलुकमा गम्भीर असर ल्याउने निश्चित छ ।
खाडी मुलुक, मलेशिया र कतारमा केन्द्रित वैदेशिक रोजगार अहिले यूरोपतिर मोडिन थालेको छ । खाडी मुलुकमै पनि अदक्ष कामदारको सट्टा उच्च दक्षतायुक्त जनशक्ति काम गर्न जान थालेको छ । नेपालमा भन्दा पाँच छ गुणा बढी कमाइ हुने भएकाले यहाँ शीप र दक्षता प्राप्त गरेको जनशक्ति विदेशिन थालेको हो । यसरी विदेशिनुमा कामदारको रोजाइ र इच्छाले मात्र काम गरेको छैन ।
नेपालका बैंकहरू मर्जरमा गएपछि बैंकमा कार्यरत धेरै दक्ष जनशक्तिको जागिर धरापमा पर्यो । यसरी जागीर गुमाएकाहरू विदेशिएका छन् । त्यस्तै कोरोनाका कारण होटेलहरू चल्न सकेनन् र तिनलाई रोजगारदाताले उचित पारिश्रमिक दिन सकेनन् । यस्तो जनशक्ति पनि वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै नेपालमा उत्पादित डाक्टर र इन्जिनीयरहरू पनि वैदेशिक रोजगारीमा जान थालेका छन् । खाडी मुलुकमा तिनले पाउने तलब यहाँको भन्दा निकै गुणा बढी भएकाले उनीहरू त्यता लागेका छन् । यसले के देखाउँछ भने दक्ष जनशक्ति उत्पादन गर्दा मुलुक चाँडै समृद्ध हुन सक्छ ।
हो, विगतमा विदेशी बासी स्याउभन्दा स्वदेशी नास्पाती मीठो भन्ने नारा आकर्षक लाग्थ्यो । भोकै मर्नु परे पनि स्वदेश नै जाती भन्ने भनाइमा मानिस ताली पड्काउँथे । तर, अहिले यस्तो कोरा नारा कसैलाई पनि पाच्य छैन । त्यसैले अवसरको खोजीमा विश्वभर छरिनु अनौठो होइन । उदारीकरण र विश्वव्यापीकरणले खुलेको यही ढोकाका कारण अहिले नेपाली नपुगेको र काम नगरेको मुलुक पाउन कठिन छ । यसलाई पूरै नकारात्मक भन्न सकिँदैन ।
यसको अर्को पाटो निकै अँध्यारो पनि छ । दक्ष युवा सबै विदेशिएपछि मुलुकभित्र अदक्ष मानिसहरूको मात्रै बसोवास हुने, सार्वजनिक प्रशासनदेखि अस्पतालसम्म यस्तो कमजोर जनशक्तिबाट परिचालित हुने अवस्था आउन सक्छ । त्यसैले दक्ष जनशक्ति यसरी बाहिरिनु चिन्ताको विषय हो । यद्यपि अहिले युवाहरू विदेश जानुलाई आकाशै खसेको जस्तो गरी चित्रण गर्ने गरिन्छ जुन सही हैन ।
नेपालले ठूलो लगानी गरेर दक्ष जनशक्ति उत्पादन गरेको तथ्य यहाँनेर स्मरणीय छ । एउटा दक्ष चिकित्सक उत्पादन गर्न राज्यको लगानी निकै परेको हुन्छ । अझ कतिपय त सरकारी छात्रवृत्तिमा डाक्टर बनेका हुन्छन् । तिनलाई निश्चित अवधि सरकारी अस्पतालमा सेवा गर्न अनिवार्य गरिएको पनि हुन्छ । यस्ता डाक्टरसमेत अनेक बहाना बनाएर विदेशिएका छन् । सरकारी छात्रवृत्तिमा पढेका डाक्टरसमेत विदेशिए भने नेपालमा डाक्टरको अभाव हुन सक्छ । यस्तो प्रतिभा पलायन हुँदा देशले आफूलाई आवश्यक पर्ने दक्ष जनशक्ति पाउँदैन । विदेशिनेमध्ये अधिकांशको सोचाइ उतै स्थायी बसोवास गर्ने ध्येय हुन्छ । धेरै देशले सहजै स्थायी बसोवासको अनुमति दिने हुँदा ती नेपाल फर्किएर आउने सम्भावना न्यून हुन्छ । यसरी मुलुक झन् झन् समस्यामा पर्दै जान्छ । देशको विकासले गति लिँदैन, सरकारले जनतालाई दिने सेवा प्रवाह पनि गुणस्तरको हुँदैन ।
वैदेशिक रोजगारीमा सकारात्मक र नकारात्मक दुवै पाटा छन् । अहिले नेपालले निर्यात गरेका केही प्रमुख वस्तु विदेशमा बस्ने नेपालीकै कारण निर्यात भएको हो । विश्वमा नेपाली खाना र संस्कृतिको प्रचार पनि यही कारण बढेको छ । यही कारण पर्यटक आगमनमा समेत सकारात्मक प्रभाव परेको पाइन्छ ।
त्यसैले नेपालले कस्तो जनशक्ति टिकाउने हो र कस्तो जनशक्ति विदेश पठाउने हो स्पष्ट नीति बनाउन आवश्यक छ । प्रतिभा पलायन ठूलो चुनौती रहेको भनाइ प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको पाइन्छ । यदि यसलाई रोक्ने हो भने त्यसअनुसार सुविधा दिन सक्नुपर्छ ।
अर्को, वृत्तिविकास र अनुसन्धानजस्ता कार्यका लागि नेपालमा अवसर प्रशस्त हुने हो भने पनि दक्ष जनशक्ति नेपालमै अडिन सक्छ । मुख्य कुरा जनतामा आशाको सञ्चार गराउन आवश्यक छ । अहिलेको राजनीतिले युवामा आशा होइन, निराशा र वितृष्णा मात्रै जगाएको छ । सरकारप्रति आक्रोश र अविश्वास बढ्दो छ । यसलाई नरोक्ने हो भने भोलिका दिनमा मुलुक पूरै वृद्धाश्रम नबन्ला भन्न सकिँदैन ।
सामान्य भाषामा प्रतिभा पलायन (ब्रेन ड्रेन) भनेको शिक्षित तथा प्रतिभाशाली व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा रोजगारी, उच्चशिक्षा, राजनीतिक अस्थिरता, स्वास्थ्य तथा अन्य विविध कारणले गर्दा हुने पलायनलाई भनिन्छ । नेपालजस्तो विकासोन्मुख देशमा प्रतिभा पलायन नौलो होइन । हाम्रै आसपासका दाजुभाइ, दिदीबहिनी र आफन्तहरु अमेरिकादेखि खाडी मुलुकमा आफ्नो प्रतिभा÷श्रम बेचेर घर–परिवार चलाइरहेको जगजाहेर नै छ । […]
साइप्रस । वर्षौंदेखि मध्यपूर्वका लगभग सबै देशहरूले अत्यधिक प्रतिभा पलायन (ब्रेन ड्रेन) को सामना गरिरहेका छन् । मध्यपूर्वी मुलुकहरूका उत्कृष्ट र मेधावी विद्यार्थी र वैज्ञानिकहरूको ठुलो हिस्साले आफ्नो देश सदाका लागि छोड्ने र विदेशमा आफ्नो
नेपालमा संघीय तहबाट सञ्चालित ११ वटा विश्वविद्यालयका अतिरिक्त ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू छन् । प्रदेश तहका शैक्षिक संस्थान तथा विश्वविद्यालयहरूबाट पनि शैक्षिक कार्यक्रमहरू सञ्चालित हुन थालेका छन् । उच्च शिक्षा व्यवस्थापनमा सरकारी, सामुदायिक तथा निजी क्षेत्र समानान्तर हैसियतमा क्रियाशील छन् ।
२०७४ सालको तथ्यांकका आधारम...
नेपालमा संघीय तहबाट सञ्चालित ११ वटा विश्वविद्यालयका अतिरिक्त ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू छन् । प्रदेश तहका शैक्षिक संस्थान तथा विश्वविद्यालयहरूबाट पनि शैक्षिक कार्यक्रमहरू सञ्चालित हुन थालेका छन् । उच्च शिक्षा व्यवस्थापनमा सरकारी, सामुदायिक तथा निजी क्षेत्र समानान्तर हैसियतमा क्रियाशील छन् ।
२०७४ सालको तथ्यांकका आधारम...
ठूला परियोजना सम्पन्न भएपछि यस क्षेत्रको विकासमा कायापलट हुने उनले बताए। श्रमशक्ति र प्रतिभा पलायन रोक्न ठोस प्रयासअघि बढाउन कम्मर कसेर लाग्ने उनको भनाइ थियो।...
मुलुकभित्रै बौद्धिक निर्भरताको गतिशीलता सम्भव भए विकास–समृद्धिको गतिलाई एक्काइसौं शताब्दीको रफ्तारमा अगाडि बढाउन हामीलाई कुनै पनि शक्ति बाधक बन्न सक्दैन । दैनिक रूपमा बढ्दै गएको उच्चदरको बौद्धिक प्रतिभा पलायनको क्रमलाई रोक्नु निकै नै चुनौतीपूर्ण कार्य हो । विश्वव्यापी समस्याका रूपमा रहेको प्रस्तुत तथ्यसँग नेपाल पनि अछुतो रहन सक्दैन । समस्या समाधानार्थ नेपाललगायत सम्बद्ध राष्ट्रका तर्फबाट […]
आधुनिक शिक्षाले हाम्रोजस्तो विकासोन्मुख देशका नागरिकलाई विदेश पलायन गराउँदै आएको छ । आफ्नो अविकसित देशको भन्दा विकसित देशको सुख सुविधा र अवसर देखेर त्यतै आकर्षित हुनेको संख्या बढ्दो क्रममा छ । नेपालबाट...
पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’ हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो । कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु ब