काठमाण्डाै – प्रधानमन्त्री एवम् काठमाण्डौ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न विश्वविद्यालयहरूलाई आग्रह गर्नुभएको छ ।
काठमाण्डाै विश्वविद्यालयको दोस्रो चरणको २७ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरूको रूचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने वातावरण निर्माण गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको हो । बढ्दो शैक्षिक बेरोजगारी हटाइ बौद्धिक प्रतिभा पलायनलाई...