नेपाल समुद्रपार निकासी पैठारी संघले भन्सार विधेयक, ०८० संशोधनका लागि २२ बुँदे सुझाव प्रस्तुत गरेको छ । आयात निर्यातकर्ता व्यवसायीहरूको संस्था संघले प्रचलित भन्सार ऐन, ०६४ लाई प्रतिस्थापन गर्ने भन्सार विधेयक, ०८० निजी क्षेत्रका सरोकारवालासँग पर्याप्त छलफल र अन्तर्क्रिया नगरी तर्जुमा गरिएको भन्दै असन्तुष्टि जनाएको छ ।