प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माप्रति बजेट निर्माण गर्नुअघि करको दरमा हेरफेर भएको भन्ने प्रश्न उठेपछि छलफलको कार्यसूचीमा रहेको अर्थ मन्त्रालयको शीर्षकलाई कार्यसूचीबाट हटाउन माग गरिएको छ । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले बजेट निर्माणको विषयमा यति गम्भीर प्रश्न उठिसकेकाले कार्यसूचीमा रहेको अर्थमन्त्रालयको छलफलको कार्यसूची हटाउन आग्रह गर्नुभयो । “यति गम्भीर विषयमा प्रश्न उठिसकेपछि कार्यसूचीमा …