धनुषाको विदेह नगरपालिकाका प्रमुख बेचन दासले नगरपालिकाकै कर्मचारी चन्देश्वर ठाकुरमाथि हातपात गरेका छन् । शुक्रबार नगरपालिकाकै कार्यालयमा कुटपिट भएको हो । सञ्चारकर्मीलाई नगरपालिकामा हुँदै आएका अनियमितताका समाचार चुहाएको भन्दै नगर प्रमुख दासले ठाकुरमाथि कार्यालयभित्रै हातपात गरेका हुन् ।नगरप्रमुख दाससँगै उनका कार्यकर्ता शत्रुधन राय र अंगद रायले समेत ठाकुरलाई कुटपिट गरेको पीडित कर्मचारीको भनाइ छ । ‘म कार्यालयमा काम गरिरहेको थिएँ । मेयर साहब मेरो कार्यकक्षमा आउनुभयो,’ पीडित कर्मचारी ठाकुर