भारतको उत्तरी र पूर्वी भू–भागमा जारी रहेको वर्षा र बाढीबाट कम्तीमा पनि ५० जनाको ज्यान गएको बताइएको छ । भारी वर्षाका कारण आइतबार रातिसम्म मृत्यु हुनेको संख्या ५० पुगेको अधिकारीहरुले जनाएका छन् । पहाडी राज्यहरू हिमाञ्चल र उत्तराखण्ड, पूर्वी राज्य उडिसा, झारखण्ड र भारत–नियन्त्रित काश्मीरमा बाढी र पहिरोमा परी उनीहरूको मृत्यु भएको यहाँका उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । हिमाञ्चल प्रदेशको उत्तरी पहाडी क्षेत्रमा पहिरो गएको छ । त्यसमा परेर ३६ जनाको ज्यान गएको भारतीय पत्रिका हिन्