७ वटा जिल्लामा हिजोदेखि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द

बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ ।नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको छ । मङ्गलबार दिउँसोदेखि अवरुद्ध बनेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।उनले भने, “इन्टरनेट नहुँदा सेवा दिन सकिएको छैन, राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन, नागरिकता विवरणलगायत काम प्रभावित भएको छ ।” सञ्चारसेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या भएको छ ।अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि धनगढीबाट प्राविधिकको टोली खटिएको टमटाले जानकारी दिए । उनले भने , “अप्टिकल फाइबारमा देखिएको समस्या समाधानका लागि प्राविधिक टोली खटिएको छ । छिट्टै समस्या समाधान हुन्छ ।”

सम्बन्धित सामग्री

सुदूरपश्चिमका सात जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए। सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ। मङ्गलवार दिउँसो २…

हुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ । हुम्लाको सदरमुकाम सिमकोटमा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको नेटवर्कले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट दुई दिनदेखि सञ्चार सेवा विहीन भएको हो । टेलिफोन र इन्टरनेटले काम नगर्दा जिल्ला बाहिर रहेका आफ्ना आफन्तहरुसँग कुराकानी गर्न नपाएको स्थानीयहरुले बताएका छन् ।

हुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

हुम्लाको सदरमुकाम सिमकोटमा दुईदिनदेखि टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको  छ ।नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि सदरमुकाम सिमकोट दुईदिनदेखि सञ्चारविहीन भएको हो । सेवा अवरुद्ध भएपछि टेलिफोन र इन्टरनेटका माध्यमबाट...

हिमपातका कारण टेलिफोन र ईन्टरनेट सेवा अवरुद्ध

म्याग्दी । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको बिभिन्न ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अबरुद्ध भएको छ । जिल्लाको धवलागिरी गाउँपालिका गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अबरुद्ध भए पछि जनजीवन प्रभावित भएको छ । हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा ईन्टरनेट सेवा अबरुद्ध भएको वडा अध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिनुभयो । हिमपातले गाउँ सञ्चारबिहिन […]

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र  हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ ।   मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। “हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ”, अध्यक्ष छन्त्यालले भने।  त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन् । धौलागिरि पदमार्गले...

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । मङ्गलबार रातिदेखि लगातार परेको हिमपातका कारण नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए। 'हिमपातले गाउँ सञ्चारविहीन भएको छ, मौसम सफा भएपछि मर्मतकार्य हुन्छ',अध्यक्ष छन्त्यालले भने।त्यसैगरी धौलागिरि–४ मुदीको सिंकोस बगर क्षेत्रमा भएको हिमपातले घरका छाना ढाकिएर सेताम्मे बनेका छन्। धौलागिरि पदमार्गले समेटिए

टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन समितिको निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले टेलिफोन र इन्टरनेट सेवा प्रभावकारी बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

समन्वय नहुँदा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको पाइप बनाउने क्रममा समन्वय नगर्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहानदेखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । नगरपालिकाको वडा नं. ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघि चुहावट भएको पाइप बिहीबार बिहान बनाउने क्रममा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो । खानेपानीले पाइप मर्मत […]

डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

डोल्पा : हिमाली जिल्ला डोल्पामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ। सोमबार बिहान ११ बजेदेखि नेपाल टेलिकमको मोबाइल फोन सेवा अवरुद्ध भएको हो। टेलिफोन सेवासँगै एडिएसएल इन्टरनेट सेवा पनि अवरुद्ध छ।सेवा अवरुद्ध हुँदा सर्वसाधरणले सास्ती खेपेका छन्। यस्तै‚ इन्टरनेट सेवा बन्द हुँदा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयको नियमित कामकाजमा समस्या आएको बताइएको छ।जुम्लाको मौरे लेकमा राखिएको रिपिटर टावरमा समस्या उत्पन्न भएका जिल्लाका अधिकांश क्षेत्र सञ्चारविहीन भएको बताइएको छ।