अटोमोबाइल व्यवसायीको भेला चितवनमा

अटोमोवाइल व्यवसायीहरुको भेला तथा केन्द्रीय कार्य समितिको बैठक सम्पन्न चितवनमा सम्पन्न भएको छ । नाडाको आगामी दिनको कार्यदिशा, समग्र देशको अर्थतन्त्र तथा अटोमोबाइल व्यवसायको वर्तमान परिस्थिति र भविष्यको सम्भावना आदि विषयमा केन्द्रित रहेर यही ८ र ९ गते सातै प्रदेश एसोसिएसनका बीच अन्तरक्रिया तथा छलफल भएको हो । कार्यक्रम नाडाका पूर्व अध्यक्षहरू समेतको उपस्थिति रहेको […]

सम्बन्धित सामग्री

विष्णु पौडेल अर्थमन्त्री बनेपछि अटोमोबाइल व्यवसायी उत्साहित

पौडेल व्यवसाय र व्यवसायीको समस्या बुझ्ने व्यक्ति भएकाले धरासायी बनिसकेको यो व्यवसायलाई निकास दिने आस पलाएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा बताउँछन् ।

सरल सवारी कर्जा सुविधाको माग गर्दै अटोमोबाइल व्यवसायी धर्नामा

माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने नाडाको अडान देशमा सवारीसाधन बिक्री हुने वातावरण बनाउन माग गर्दै अटोमोबाइल व्यवसायी सडकमा उत्रिएका छन् । गाडी बिक्री ठप्प भएपछि अटो व्यवसायीहरूले सरकारलाई दबाब दिन विभिन्न मागहरू...

आयात प्रतिबन्धविरुद्ध अटोमोबाइल व्यवसायी आन्दोलनमा

१६ मंसिर, काठमाडौं । अटोमोबाइल व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकविरुद्ध सडक आन्दोलनको कार्यक्रम घोषणा गरेका छन । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विगत ८ महिनादेखि अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतको माग राखी सडक आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सरकारले अटोमोबाइल्स आयातमा समेत प्रतिबन्ध लगाउने काम गरेपछि […]

विद्युतीय गाडीको एलसी खुला : विक्रेतालाई हर्ष न विस्मात !

काठमाडौं । सरकारले विद्युतीय गाडी आयातको लागि खोलिने प्रतीतपत्र (एलसी) नरोक्ने भएको छ । एलसी खोल्न पाइने भएसँगै उत्साहित देखिएका अटोमोबाइल व्यवसायी सप्लाइको कुरा सम्झेपछि झस्कन्छन् । व्यापारीलाई झस्काउने विषय ईभीको सप्लाइ हो । ईभीको सप्लाइमा यति धेरै समस्या छ कि कुनै पनि ब्राण्डले आफूले चाहेको वा बजारमा बुकिङ लिएको संख्यामा गाडी पाउन सक्ने अवस्था […]

ट्राफिक जनचेतना जगाउने कार्यमा ट्राफिक प्रहरीलाई सघाउँदै अटोमोबाइल व्यवसायी

काठमाडौं । राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापनमा अटोमोबाइल व्यवसायीहरुको संघ ‘नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल’ले सहयोग गर्ने भएको छ । नडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहयोगबारे छलफल गरेको हो । महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरूको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल गरेको नाडाले जनाएको छ । नाडाले विगत डेढ दशक अघिदेखि महाशाखालाई भौत

छैन सवारीसाधनको माग

काठमाडौं । २ महीना लामो निषेधाज्ञापछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले अटोमोबाइल व्यवसाय खोल्न दिने निर्णय गरे । निषेधाज्ञा खुकुलो भएपछि बजार चलायमान हुने अपेक्षा व्यवसायीको थियो । तर, बजार खुकुलो भएपछि पनि सवारीसाधनको विक्री ठप्पै जस्तो हुन पुगेको छ । व्यवसायीहरूका अनुसार शोरूममा सवारीसाधनका बारेमा बुझ्न आउने ग्राहक नै छैनन् । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नेपाल नाडा अटोमोबाइल व्यवसायी संघका सचिव तथा नारायणी अटो मोटर्सका सञ्चालक अनुपकुमार बरालले केही दिनयता सवारीसाधनबारे बुभ्mन आउनेको संख्या सामान्य देखिन थाले पनि बजार चलायमान हुन नसकेको बताए । ‘केही दिनयता सामान्य बुझ्न आउनेको संख्या देखिन थालेको छ,’ उनले भने, ‘माग घटेको छ ।’ बन्दाबन्दी खुलेपछि अघिल्लो वर्ष साउनयता बढ्दै गएको सवारीसाधनको माग गतवर्ष माघमा उच्च रह्यो । भारतमा सवारीसाधनको उत्पादन नै कम हुँदा आयात गर्न कठिन भएकाले व्यवसायीहरूले मागअनुसार सवारीको आयात गर्न सकेनन् । त्यसैले गतवर्ष माघदेखि गत वैशाखको निषेधाज्ञा हुनुअघिसम्म व्यवसायीहरूले सवारीको अग्रिम बुकिङ थालेका थिए । तर, यसपालि निषेधाज्ञा खुकुलो हुँदै गए पनि सवारीसाधनको माग भने बढेको छैन । कोभिड–१९ को संक्रमण देखिनुपूर्वका वर्षमा असारदेखि असोजसम्मको समय अटोमोबाइल क्षेत्र चम्किने समय थियो । हरेक वर्ष दशैंको मुखमा नाडाले गर्ने अटो शोका कारण फागुनपछि नै नयाँ भेरियन्टका सवारी नेपाल भित्रिने क्रम बढ्ने गरेकोमा विगत डेढ वर्षयता अटोमोबाइल व्यवसायमा आकर्षण नदेखिएको जी मोटर्सका प्रबन्ध निर्देशक कैलासबाबु गेलालले बताए । अघिल्लो वर्ष जत्तिको समेत बजार चलायमान हुन नसकेको उनको भनाइ छ । कम मूल्यका सवारीबारे सामान्य बुझ्न आउनेहरू भने देखिन थालेको जानकारी उनले दिए । दुईपांग्रे सवारीसाधनको माग अघिल्लो वर्ष दोब्बरले बढेको थियो । यस वर्ष भने दुईपांग्रे सवारीको माग पनि नरहेको हिरो मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता जनरल माकेर्टिङका सञ्चालक अभिक ज्योतिले बताए । ‘निषेधाज्ञा हुनुअघि वैशाखमा अन्य समयको भन्दा पनि धेरै माग थियो,’ उनले भने, ‘भर्खरै बजार खुकुलो भएकाले अहिले नै राम्रो/नराम्रो भन्न त सकिँदैन तर माग छैन ।’ नाडा अटो शो नहुने अटोमोबाइलको कुम्भमेला मानिने नाडा अटो शो यस वर्ष पनि नहुने भएको छ । कोरोनाको संक्रमण नघटेको र सरकारले पर्याप्त खोपको व्यवस्था पनि गर्न नसकेकाले अटो शो नहुने नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘संक्रमण घटेको छैन, तेस्रो लहर आउने चेतावनी पनि विज्ञले दिइरहेका छन्,’ उनले भने, ‘ग्राहक तथा व्यवसायीको स्वास्थ्य सुरक्षालाई मुख्य प्राथमिकतामा राखेर अटो शो नगर्ने तयारी गरेका छौं ।’ सबैले खोप पाएर अवस्था सामान्य भएपछि दशैं÷तिहारपछि अटो शोबारे छलफल गर्ने उनले बताए । अहिलेको पदाधिकारीको कार्यकाल सकिएकाले भदौमा अधिवेशन गर्ने तयारी नाडाले गरेको छ । यस विषयमा नाडाका पदाधिकारीबीच छलफल भएकोमा केही दिनमा यसबारे निर्णय गर्ने अध्यक्ष दुलालले बताए । ‘केही दिनमा अधिवेशन तथा चुनावको निर्णयबारे आधिकारिक निर्णय गछौं,’ उनले भने ।

गाडी किन्न ९० प्रतिशत ऋणको माग : सुन्ला त राष्ट्र बैङ्कले ?

केही वर्षयता अटोमोबाइल व्यवसायी र राज्यबीच गलफती बनिरहेको विषय हो– ‘अटो कर्जा’ । आर्थिक वर्षको बजेट निर्माणको समय जब आउँछ र मौद्रिक नीतिको तयारी हुनथाल्छ तब अटोमोबाइल व्यवसायीहरूले अटो कर्जाको मुद्दा जोडतोडले उठाउने गर्छन् । हायर पर्चेज लोन अर्थात् सवारी कर्जालाई व्यवसायी अनुकूल राज्यले अधिकतम ९० प्रतिशतसम्म ब...

बैङ्कको फोनले व्यवसायी तनावमा

सुर्खेतका अटोमोबाइल व्यवसायी लक्ष्मण कँडेललाई सरकारले लकडाउन केही खुला बनाएदेखि बैङ्कबाट लिएको ऋणको किस्ता तिर्न तारन्तार फोन आइरहेको छ । दैनिक २० देखि ३० पटकसम्म बैङ्कबाट फोन आइरहेको छ । उहाँले दैनिक दर्जनौँपटक बैङ्कबाट किस्ता तिर्न फोन आउन थालेपछि मानसिक तनाव बढेको बताउनुभयो । सुर्खेत उद्योग वाणिज्य सङ्घका महासचिवसमेत रहनुभएका कँडेलले भन्नुभयो, लकडाउनका कारण व्यवसाय ठप्प छ, बैङ्कले किस्ता तिर्न फोन हानिरहेको छ, यस्तो बेला कसरी तिर्ने ?