काठमाडौं । राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापनमा अटोमोबाइल व्यवसायीहरुको संघ ‘नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल’ले सहयोग गर्ने भएको छ । नडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहयोगबारे छलफल गरेको हो । महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरूको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल गरेको नाडाले जनाएको छ । नाडाले विगत डेढ दशक अघिदेखि महाशाखालाई भौत