प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसद्लाई निष्प्रभावी बनाएको आरोप लगाएका छन् ।
आफूहरूले संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्न खोजे पनि सरकारले वातावरण नबनाएको ओलीले आरोप लगाए ।
स्थानीय तहको निर्वाचन लक्षित पार्टी प्रशिक्षण कार्यक्रमलाई शुक्रवार भर्चुअल सम्बोधन गर्दै ओलीले अहिले भत्ता पचाउने हिसाबले मात्र संसद् अस्तित्वमा रहेको बताएका हुन् ।
‘भत्ता पचाउने हिसाबले मात्र संसद् अस्तित्वमा छ, अत्यन्त गैरजिम्मेवार तरिकाले संसद् चलेको छ,’ ओलीले भने, ‘संसद् निरर्थक भइरहेको छ...