काठमाडौं : वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णय फिर्ता लिनुपर्ने अडान राखेको छ। पार्टीभित्रको विवाद समाधानका लागि पार्टी मुख्यालय धुम्बाराहीमा साेमबार बसेको दुवै पक्षको वार्तामा नेपाल समूहले यस्तो अडान राखेको हो। बैठकमा प्रधानमन्त्री ओलीले पनि आफ्नो अडान नछाडेको बैठकपछि नेता नेपाल पक्षका नेता रघुजी पन्तले बताए। ‘वार्ता सकारात्मक भएको छ। सबैले सबैको कुरा सुनेका छौँ,’ उनले भने, ‘आजबाट