यसकारण फलदायी भएन ओली–नेपाल वार्ता

काठमाडौँ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच दुई दिनसम्म चलेको वार्ता विना निष्कर्ष सकिएको छ । वार्ता फलदायी नभएको नेता नेपालले प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री ओलीले पनि माधव नेपालसँगको सम्वाद सकारात्मक दिशामा अघि नबढेको प्रतिक्रिया बिहीबार बिहानै दिइसकेका थिए ।‘हाम्राविरुद्ध कति गरे ? यति उपद्रो गर्दा र अर्को पार्टी खोलेर हिँड्दा पनि अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाई–बुझाई गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनि