काठमाडौं। ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) प्रिजेन्ट एनवाईईएफ स्टार्टअप अवार्ड’ गल्ली म्यापले प्राप्त गरेको छ । पाँच महीना अगाडिदेखि शुरू भएको छनोट प्रतिस्पर्धामा शुक्रवार भएको फाइनल कार्यक्रमबाट गल्लीलाई विजेता घोषित गरिएको हो । अवार्ड नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।
प्रतिस्पर्धामा सात प्रतिस्पर्धी फाइनलमा पुगेका थिए । विजेता निर्णायक र भोटको आधारमा छनोट गरिएको बताइएको छ । विजेता गल्लीले ४ लाख रुपैयाँसहित अवार्ड प्राप्त गरेको छ । त्यस्तै क्वीकफक्स र पेटमामा नेपाल संयुक्त रूपमा फस्ट रनरअप बन्दै २ लाख रुपैयाँ र अवार्ड प्राप्त गरेका छन् । पेटमामाले ५० हजार रुपैयाँको पब्लिक च्वाइस अवार्ड पनि प्राप्त गरेको छ ।
प्रतियोगितामा दूरशिक्षा एजुकेशनले ५० हजार रुपैयाँ राशीको सोसियल इन्टरप्राइजेज अवार्ड प्राप्त गरेको बताइएको छ । प्रतियोगितालाई सलिको, एनएमबि बैंक, एफएनसीसीआई, एपेक्स कलेज, एडेक्स, एनपीईए र विभिन्न उद्यमसम्बन्धी संस्थाले प्रायोजन र सहकार्य गरेका थिए ।
नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । नेपाली उद्यमीलाई प्रोत्साहन गर्न मञ्चको काठमाण्डौ च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ स्टार्टअप अवार्ड आयोजना गर्ने भएको हो ।
यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको छ ।...
‘डक्टर्स अन कल नेपाल’ काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा ‘डक्टर्स अन कल नेपाल’ प्रथम भएको हो ।यस्तै, अवार्ड कार्यक्रममा ‘अर्बन नेपाल’ दोस्रो र ‘अन्शु टेक्नोलोजी’ तेस्रो भएका छन् । पुरस्कार स्वरुप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ रुपैयाँ पाएको छ । दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्शु टेक्नोलोजीले ५० हजार रुपैय
असोज ३, काठमाडौँ । ‘डक्टर्स अन कल नेपाल’ काठमाडौं च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता भएको छ ।
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले आयोजना गरेको अवार्ड कार्यक्रममा डक्टर्स अन कल नेपाल प्रथम, अर्बन नेपाल दोस्रो र अन्सु टेक्नोलोजी तेस्रो भएका छन् ।
पुरस्कार स्वरुप विजेता कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार रुपैयाँ र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
उक्त कार्यक्रममा देशभरबाट १०० भन्दा बढी कम्पनी सहभागी भएका थिए ।
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरको स्टार्टअप अवार्ड २०२१ को विजेता घोषणा भएको छ । स्टार्टअप कम्पनी ‘डक्टर्स अन कल नेपाल’ प्रथम भएको छ ।‘अर्बन नेपाल’ दोस्रो र ‘अन्सु टेक्नोलोजी’ तेस्रो भएको छ । अवार्ड कार्यक्रममा पहिलो हुने स्टार्टअप कम्पनी डक्टर्स अन कल नेपालले नगद १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुने अर्बन नेपालले ७५ हजार र तेस्रो हुने अन्सु टेक्नोलोजीले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उक्त अवार्डमा सहभागी हुन देशभरबाट १ सय बढी स्टार्टअप कम्पनीहरुले आवेदन दिएका थिए । तीमध्येबाट शिर्ष ७ कम्पनी अन्तिम चरणमा पुगेका थिए । एमसीक्युहल डट कम, कस्यपी, अन्शु टेक्नोलोजी, अर्बन नेपाल, एजुकेस, डक्टर्स अन कल नेपाल र भक्सक्रो अन्तिम ७ मा परेका थिए । स्टार्टअपलाई बजारसँग जोड्न अवार्ड कार्यक्रमलाई आगमी दिनमा पनि निरन्तरता दिईने काठमाडौं च्याप्टरका अध्यक्ष निरज कर्माचार्यले बताए ।