राष्ट्रियसभा उपनिर्वाचनको मतदान जारी

राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ९ः०० बजे वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेर प्रक्रिया शुरु गर्नुभएको हो । उहाँसँगै मन्त्री, पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदानका लागि लामबद्ध हुनुभएको छ । हेटौँडाको भूटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको निर्वाचन केन्द्रमा प्रदेशसभा सदस्यका लागि उपकेन्द्र ‘क’, स्थानीय तहका …

सम्बन्धित सामग्री

कर्णालीमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी, ९४ प्रतिशत मतदान सम्पन्न

१२ माघ, सुर्खेत। राष्ट्रिय सभा सदस्य चयन गर्न कर्णाली प्रदेशमा मतदान जारी छ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित निर्वाचन कार्यालय परिसरमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले भोट हालेर मतदान शुरू गरेका हुन् । मतदानका स्थलमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख-उपप्रमुखका लागि छुट्टाछुट्टै लाइनमा तोकिएको छ । कोभिड […]

राष्ट्रियसभा सदस्य निर्वाचन : हेटौंडामा मतदान जारी, आजै बेलुका परिणाम आउने

राष्ट्रियसभा सदस्यअन्तर्गत खाली दुई सिटका लागि बागमती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन जारी छ । निर्वाचन हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार बिहान १० बजेबाट सुरू भएको हो ।  मतदान दिउँसो ३ बजे सकिने मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार अपरान्ह ४ बजेपछि मतगणना सुरू गरी बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गरिनेछ । राष्ट्रियसभा सदस्य पदका लागि बागमतीबाट ६ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनका दुई जना, एमालेका दुई जना र नेपाल मजदुर किस

राष्ट्रियसभा निर्वाचन: मधेस प्रदेशमा मतदान जारी

राष्ट्रियसभा सदस्यको लागि मधेस प्रदेशमा मतदान जारी छ। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित महेन्द्रनारायण सांस्कृतिक प्रतिष्ठान भवनमा बिहान ९ बजेदेखि मतदाताले मतदान गरिरहेका छन्।...

राष्ट्रियसभा निर्वाचनको मतदान सुरु, आजै मतगणना हुने

राष्ट्रियसभा सदस्यको रिक्त १९ मध्य सुदूरपश्चिम प्रदेशमा रिक्त ३ पदका लागि मतदान सुरु भएको छ। धनगढी स्थित सुदूरपश्चिम प्रदेशसभा भवन परिसरमा मतदान भैरहेको छ।...

राष्ट्रियसभा निर्वाचन : मधेशमा झडप, वाग्मतीमा विवाद

२१ सदस्यका लागि जारी राष्ट्रियसभा निर्वाचनमा सातवटै प्रदेशमा मतदान जारी छ । मतदानका क्रममा मधेश प्रदेशमा झडप भएको छ भने वाग्मती प्रदेशमा मतदाता र निर्वाचन अधिकृतबीच बाझाबाझ भएको छ । समाचार अनुसार मधेश प्रदेशमा सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच पटक–पटक झडप भएको हो । जनमत पार्टीका कार्यकर्ताहरु निर्वाचनस्थलमा समेत प्रवेश गर्न खोजेपछि …

विराटनगरमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी, सबैको आँखा फरार सांसद खातुनतर्फ

विराटनगर – प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनको मतदान भइरहेको छ । प्रदेश राजधानी विराटनगर १० स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण केन्द्रमा राष्ट्रियसभाको तीन पदका लागि मतदान भइरहेको हो । निर्वाचनमा प्रदेशका सामाजिक विकास मन्त्री जयराम यादवले पहिलो मतदान गरेका थिए। त्यसपछि प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आंग्बो लगायतले […]

लुम्बिनीमा राष्ट्रियसभा सदस्यका लागि मतदान जारी

बुटवल, १२ माघ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा बिहान सवा ९ बजेदेखि मतदान जारी छ । लुम्बिनी प्रदेशबाट तीन सिटका लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिलो मतदान गरेका छन् । चारवटा मतदानस्थल निर्माण गरेर मतदान गर्ने व्यवस्था मिलाइएको छ । आगामी फागुन २० […]

राष्ट्रियसभा निर्वाचनः लुम्बिनीमा मतदान जारी

लुम्बिनी, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा मतदान सुरु भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मतदान गरेका हुन् । उनी पहिलो मतदाता हुन् । तस्वीर: रञ्जिता अधिकारी/रासस

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान जारी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान  सुरु भएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्य दिउँसो ३ बजेसम्म...

राष्ट्रिय सभा निर्वाचनको मतदान शुरू

१२ माघ, धनगढी । राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ । सातवटै प्रदेशहरूमा मतदान जारी छ । सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा केहीबेर अघि मतदान शुरू भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेशसभा सदस्यहरूले मतदान केन्द्र ‘क’ र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, […]