विराटनगरमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी, सबैको आँखा फरार सांसद खातुनतर्फ

विराटनगर – प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनको मतदान भइरहेको छ । प्रदेश राजधानी विराटनगर १० स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण केन्द्रमा राष्ट्रियसभाको तीन पदका लागि मतदान भइरहेको हो । निर्वाचनमा प्रदेशका सामाजिक विकास मन्त्री जयराम यादवले पहिलो मतदान गरेका थिए। त्यसपछि प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आंग्बो लगायतले […]