काठमाडौं : राहदानी विभागमा दैनिक रूपमा हुनुपर्ने काममा समेत अत्यन्तै ढिलासुस्ती भएको भन्दै युवा संघले प्रदर्शन गरेको छ। आइतबार त्रिपुरेश्वरस्थित विभागमा ढिलासुस्ती अन्त्य हुनुपर्ने मागसहित नेकपा एमालेको भ्रातृ संगठन युवा संघले प्रदर्शन गरेको हो।विभागको काममा ढिलासुस्ती र बिचौलियाको हालिमुहाली भएको भन्दै जनतालाई सास्ती दिने काम बन्द हुनुपर्ने उनीहरूको माग थियो। सरकारले जनताको सेवा गर्न नसकेको भन्दै उक्त प्रदर्शनमा युवासंघ सदैव जनताको साथमा रहेको प्रदर्शनमा उपस्थित संघका कार्यकर्ताले बताए।उनीहरूले