काठमाडौँ- काठमाडौँ महानगरले त्रिपुरेश्वरको राहदानी विभाग अगाडि रहेको भवनको वेसमेन्टमा सञ्चालन भइरहेका रेष्टुरेन्ट तथा अन्य व्यवसायहरू हटाउन निर्देशन दिएको छ। महानगर प्रहरीसहित पुगेको महानगरको टोलीले आज दिएको निर्देशनपछि रेष्टुरेन्टले आफ्ना सामग्री हटाउन सुरु गरेको महानगर नगर प्रहरी प्रमुख राजु पाण्डेले बताएका छन्। काठमाडौँ महानगरले वेसमेन्ट खाली गराउने अभियानलाई आज पनि निरन्तरता दिएको हो। मंगलबार हरितालिका […]