काठमाडौँ- धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । विभिन्न स्थानीय समस्या सम्बोधनका लागि काठमाडौँ आएका धरानका मेयर साम्पाङ र प्रचण्डबीच खुमलटारमा भेटघाट भएको हो । साम्पाङले अध्यक्ष प्रचण्डसँग धरानको विकास र संवृद्धिका विषयमा छलफल गरेको प्रचण्ड सचिवालयले जनाएको छ ।