हिमालयन बैंकको ऋणपत्र खुल्दै

हिमालयन बैंकले बुधबार भदौ १५ गतेबाट २५ लाख युनिट ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो ।  यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट सामूहिक लगानी कोषलाई पनि ५ प्रतिशत छुट्याएको छ ।सामूहिक लगानी कोषहरूले कुल ५० हजार इकाई पाउनेछन् । यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम २ लाख ५० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष

सम्बन्धित सामग्री

हिमालयन बैंकको ऋणपत्र सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने

काठमाडौं । हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्र बुधवार नेप्सेमा सूचीकृत भएको छ । ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्र भोलि बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदर भएको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचीकृत गराएको हो । ऋणपत्रको स्टक सिम्बोल एचबीएलडी ८६ रहेको छ ।

हिमालयन बैंकको ऋणपत्र बिक्री प्रवन्धकमा नबिल इन्भेष्टमेन्ट

हिमालयन बैंकले १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्ने भएको छ ।बैंकले एक हजार अंकित दरको २५,००,००० कित्ताले हुन आउने २ अर्ब पचास करोड रकम बराबरको १०.५० प्रतिशत हिमालयन बैंक लिमिटेड बण्ड २०८६ जारी गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको र […]