हिमालयन बैंकको ऋणपत्र सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने

काठमाडौं । हिमालयन बैंकको २५ लाख कित्ता ऋणपत्र बुधवार नेप्सेमा सूचीकृत भएको छ । ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्र भोलि बिहीवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले वार्षिक १० दशमलव ५ प्रतिशत ब्याजदर भएको ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८६’ नामक ऋणपत्र सूचीकृत गराएको हो । ऋणपत्रको स्टक सिम्बोल एचबीएलडी ८६ रहेको छ ।

सम्बन्धित सामग्री

सेन्चुरी बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं, १७ असार । नेपाल स्टक एक्सचेन्जमा सेन्चुरी बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २२ लाख इकाई ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत २१ वैशाखदेखि ४ जेठसम्म दुई अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गरेको थियो । बैंकले ‘१०।५० प्रतिशत सेन्चुरी डिबेन्चर २०८८’ को नाममा ऋणपत्र जारी गरेको हो । यस […]

सेन्चुरी बैंकको ऋणपत्र बाँडफाँट

सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट भएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको 'सेञ्चुरी डिबेञ्चर २०८८' मंगलबार बाँडफाँट गरेको हो ।

सिभिल बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं, ३० चैत्र । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सिभिल बैंकको ऋणपत्र सूचिकृत गरेको छ । कम्पनीको ३० लाख कित्ता २०८८ डिबेञ्चर नामक ऋण सूचिकृत गरेको नेप्सेले जनाएको छ । कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको ३० लाख कित्ता ऋणपत्र सूचिकृत गराएको हो । यस ऋणपत्रको वार्षिक ब्याजदर १० दशमलव २५ रहेको छ ।

एनआइसी एशिया बैंकको ऋणपत्र सुचिकृत

काठमाडौं, २९ भदौ । एनआइसी एशिया बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले सुचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको १५ लाख ७३ हजार ८ सय ७२ कित्ता ऋणपत्र सोमबार सुचिकृत भएको हो । आजदेखि ऋणपत्र सम्बन्धित ऋणपत्रधनीहरुले हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेप्सेद्वारा माछापुच्छ्रे बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं, २५ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले माछापुच्छ्रे बैंकको ऋणपत्र सूचिकृत गरेको छ । नेप्सेको अनुसार कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र सूचिकृत भएको हो । कम्पनीले ८ दशमलव ५ प्रतिशत माछापुच्छ्रे ऋणपत्र २०८७ नामक ऋणपत्र सूचिकत गरेका नेप्सेले जनाएको छ । आइतवारदेखि लगानीकर्ताले ऋणपत्र खरीदविक्री गर्न सक्नेछन् ।

नेप्सेद्वारा दुई बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं, २२ भदौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र सूचिकृत गरेको छ । नेप्सेको अनुसार प्राइम कमर्सियल बैंकको २४ लाख ४७ हजार ९६३ कित्ता ऋणपत्र र सांग्रिला डेभलपमेण्ट बैंकको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचिकृत भएको हो । यस ऋणपत्र मंगलवार (आज) देखि लगानीकर्ताले खरीदविक्री गर्ने सक्नेछन् […]

मुक्तिनाथ बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचिकृत भएको छ । बैंकको १ हजार अंकित दरको १२ लाख ५० हजार कित्ता ऋणपत्र सुचिकृत भएको हो । बैंकका अनुसार ८.७५ प्रतिशत ब्याजदर भएको मुक्तिनाथ डिबेञ्चर २०८४/८५ सुचिकृत भएको हो । धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्स्चेञ्जको भदौ १५ गतेको निर्णय अनुसार […]

नेप्सेद्वारा इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सुचीकरण खारेज

काठमाडौं, ११ साउन । नेपाल इन्भेष्टमेण्ट बैंकको इन्भेष्टमेण्ट बैंक बण्ड २०७८ को सुचीकरण खारेज भएको छ । बैंकको ८ प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र परिपक्क भएको भन्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले खारेज गरेको हो । ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र बिक्रि गरेको बैंकले शेयरधनीहरले अन्तिम सावा र ब्याज भुक्तानी पाउने […]

नेप्सेमा कामना बैंकको १० लाख कित्ता ऋणपत्र सुचिकृत

काठमाडौं, १३ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कामना सेवा विकास बैंकको ऋणपत्र सुचिकृत गरेको छ । नेप्सेको अनुसार बैंकको १० लाख कित्ता ऋणपत्र सुचिकृत गरेको हो । नेप्सेमा ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७’ नामको ऋणपत्र सुचिकृत भएको हो ।