अमेरिकाको फ्लोरिडाको दक्षिण–पश्चिम तटमा शक्तिशाली आँधी इयान ठोक्किँदा भारी वर्षा र बाढीको अवस्था छ, साथै तीब्र हावा पनि चलिरहेको छ । दशकौंपछि पहिलो पटक अमेरिकामा यस्तो खतरनाक आँधी आएको हो ।बुधबार आएको यो आँधीलाई तीव्रताका आधारमा पाँचौं श्रेणीमा राखिएको छ र प्रति घण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेका छन् । आँधीको बाटोमा पर्ने घर खाली गर्न आदेश दिइएको छ । लाखौँ मानिसलाई बिस्थापित गरिसकिएको छ । इलाकामा बिजुलीको आपूर्ति ठप्प छ । लगभग १८ लाख मानिस अँध्यारोमा बस्न बाध्य छन् ।फ्लोरिडाका ग