तातोपानी गाउँपालिकाको लापरबाहीले आन्तरिक आम्दानीको स्रोत गिट्टी बालुवाको अवैध उत्खनन् अझै रोकिएको छैन । तातोपानी गाउँपालिका–४ हाँकुस्थित नदीछेउमा दैनिक नदीजन्य पदार्थको अवैध दोहन भइरहेको छ । यता गाउँकार्यपालिकाले निर्णय गरेर वातावरणीय प्रभाव मूल्यांकन (आईई) समेत भइसकेको छ । तर तातोपानीका अध्यक्ष, उपाध्यक्षलगायत अन्य कार्यपालिका सदस्यले आफ्नै निर्णय कार्यान्वयनमा चासो नदिँदा करोडौंको नदीजन्यवस्तु अवैध उत्खनन् भइरहेको […]