अहिलेको निर्वाचन सामान्य होइन : प्रचण्ड

दुल्लु : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन अरू निर्वाचनभन्दा निकै फरक रहेको बताएका छन्। आगामी मंसिर ४ गते हुने निर्वाचनको चुनावी सभालाई आज दैलेखको दुल्लुमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कर्णालीको विकासमा गठबन्धन सरकारले उल्लेख्य काम गर्ने विचार व्यक्त गरे।उनले अहिले मुलुकमा दुई गठबन्धन रहेको बताउँदै कर्णालीको विकासका लागि वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत दिन प्रचण्डले आग्रह गरे।

सम्बन्धित सामग्री

माधव नेपालसँग सम्बन्धविच्छेदको मुडमा प्रचण्ड !

प्रचण्ड सिंहदरबार र बालुवाटारमा देउवा-ओलीसँग निरन्तर छलफलमा छन् तर, सत्ता गठबन्धनका जसपा, नेकपा एसलगायतका नेताहरूसँग सामान्य छलफलसमेत गरेका छैनन् । त्यसैले अहिले एसभित्र सत्ता गठबन्धनका दलप्रति असन्तुष्टि पोखिन थालेको छ ।

प्रचण्ड र सीके राउतबीच भेटवार्ता

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो । भेटवार्तामा बधाई तथा शुभकामना आदान प्रदान भएको प्रचण्डको सचिवालयले जनाएको छ । साथै उनीहरुबीच सत्ता गठबन्धनको विषयमा पनि सामान्य छलफल भएको बताएको छ । राउतले आजै प्रधानमन्त्री […]

मंसिर ४ को निर्वाचन सामान्य अवस्थाको जस्तो छैन : प्रचण्ड

४ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिर ४ को निर्वाचन सामान्य नभएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ को सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचय कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । ‘चार गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन जस्तो छैन,’ प्रचण्डले भने, ‘देशले जित्ने हो कि […]

मंसिर ४ को ब्याटल गठबन्धनले जित्नुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी मंसिर ४ गतेको निर्वाचन सामान्य नभएको अभिव्यक्ती दिएका छन् । शुक्रबार राजधानीमा भएको सत्तागठबन्धनको चियापान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले...

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यमा सामान्य सुधार भएको छ । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।‘हिजोको भन्दा आज सामान्य सुधार भएको छ । यद्यपि अस्पतालको आइसियुमै राखिएको छ’ प्रचण्ड निकट एक नेताले भने, ‘सामान्य सुधार भएपनि चिकित्सकको निगरानीमा राख्नुपर्ने भएकाले आइसियुमै राखिएको छ ।’ सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन् ।

प्रचण्डको स्वास्थ्य सामान्य, दुई दिनमा पीसीआर जाँच गर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को स्वास्थ्य सामान्य बन्दै गएको छ । प्रचण्डको सचिवालयमा समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड-१९ कुनै लक्षण नभएको उल्लेख गरेकी छन् । चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उनले बताएकी छन् । माओवादी केन्द्रको सम्मेलनमा व्यस्त बनेका प्रचण्डलाई सम्मेलन सकिएको केही दिनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उ

प्रचण्ड अब सामान्य घरमा कोठा भाडा लिएर बस्ने

काठमाडौं, १० पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अब सामान्य घरमा कोठा भाडा लिएर बस्ने भएका छन् । उनले आफूले अब छिट्टै यस्तो तयारी गरेको खुलासा गरेका हुन् । यसअघि उनीमाथि विलाषी जीवन व्यतित गरिरहेको आरोप लाग्ने गरेको छ। दाहालले आफूले हलो जोतेको पनि सुनाएका छन् । उनले आफू गरिब, किसान परिवारबाट […]

प्रचण्ड अस्पतालबाट डिस्चार्ज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पतालबाट डिस्चार्ज भएका छन् । रक्तचाप बढेपछि अध्यक्ष प्रचण्ड शनिबार मेडिसिटी अस्पताल भर्ना भएका थिए । डाक्टरहरुको सल्लाहअनुसार एक रात अस्पताल बसेपछि आइतबार प्रचण्ड डिस्चार्ज भएका हुन् । चिकित्सकका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ अवस्था सामान्य रहेको छ ।केही दिनअघि विभिन्न जिल्ला भ्रमण गएकाले दौडधुपका कारण उनको रक्तचाप बढेको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी ललितपुरको मेडिसिटी अस्प्ताल भर्ना भएका हुन्। पछिल्लो समय देशका विभिन्न जिल्लाहरुको भ्रमण र भेटघाटमा...

प्रचण्ड भेट्न वामदेव खुमलटारमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । प्रचण्ड भेट्न गौतम शुक्रबार बिहान साढे नौ बजे खुमलटार पुगेका हु्न् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सामान्य भेटघाट भएको बताए । नेकपा विभाजनपछि गौतम कुनै समूहमा खुलेका छैनन् । उनले नेकपा विभाजन रोक्न प्रयासमा आफु रहेको बताउँदै आएका छन् ।