घ्यूको प्रयोग खानाका लागि मात्रै नगरिकन यसलाई तपाईंले नाइट क्रिमको रुपमा पनि गर्न सक्नुहुन्छ । अनुहारमा घ्यू लगाउँदा यसले थुप्रै समस्या टाढा राख्छ । घ्यूमा यस्ता थुप्रै पोषक तत्व छन् जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छन् । छालासँग सम्बन्धित समस्यामा पनि यो निकै प्रभावकारी छ । विशेषज्ञका अनुसार नियमित रुपमा राती घ्यू लगाएर सुत्दा अनुहारमा निखार आउने गर्छ । छालासँग सम्बन्धित समस्या हटाउनका लागि घ्यूको प्रयोग कसरी गर्ने भन्नेबारे जानकारी लिऔं ।फुटेको ओठको समस्यामाःचिसो मौसममा धेरैको ओठ फुट्न