भदौ २७ देखि हेटौंडाका सामुदायिक विद्यालय खुल्ने

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरू भदौ २७ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालन हुने भएका छन्।हेटौंडा उपमहानगरपालिकाले आइतबार सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग गरेको छलफलले विद्यार्थीलाई स्कुलमै उपस्थित गराएर पठनपाठन गर्ने निर्णय गरेको हो। विद्यालयका कुल विद्यार्थी संख्याको आधा विद्यार्थीलाई मात्रै कक्षामा उपस्थित गराएर आलोपालो प्रणालीमा पठनपाठन गराउने निर्णय भएको छ।जोर गते जोर रोल नम्बर भएका विद्यार्थी र बिजोर गते बिजोर रोल नम्बर भएका विद्यार्

सम्बन्धित सामग्री

दसैं बिदामा पनि चौरपाटीका विद्यालय खुल्ने

जिल्लाको चौरपाटी गाउँपालिकाले दसैं बिदा घटाएर पालिकाभित्र रहेका सबै सामुदायिक विद्यालय सञ्चालन गर्ने भएको छ।...

६० प्रतिशत शिक्षक, कर्मचारीले पाएनन तलब, तीन हजार निष्कासित

काठमाडौं : चैतयता कोरोना महामारीका कारण सम्पूर्ण शैक्षिक गतिविधि रोकिएका छन। निजी र सामुदायिक विद्यालय खुल्ने मितिको अझै टुंगो छैन। बन्द भएसँगै निजी विद्यालयका शिक्षकहरु मारमा परेका छन। संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) का अनुसार हाल देशभर ८ हजार भन्दा बढी संस्थागत विद्यालय छन्। त्यहाँ करिब दुई...

विद्यालय नखुले पनि सिकाइ निरन्तर

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढेर तत्काल विद्यालय खुल्न सक्ने अवस्था नदेखिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । हतारिएर विद्यालयमा बालबालिका बोलाउनुभन्दा सिकाइ निरन्तर गरेर उनीहरूको क्षमता तथा दक्षता अभिवृद्धि गर्नु नै समय सान्दर्भिक हुने सुझाव शिक्षा क्षेत्रका सरोकारवालाले दिनुभएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले स्वास्थ्य सुरक्षाका कारण केही महिना अझै विद्यालय खोल्न नसकिए पनि विद्यार्थीको सिकाइलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । विद्यालय खुल्ने र विद्यार्थीमा सङ्क्रमण हुने हो भने त्यसले सीधै समुदाय नै सङ्क्रमित बनाउने भएकाले यसमा विचार पु¥याउनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।