काठमाण्डाै - लगातारको वर्षापछि आएको बाढीले युरोपेली देश जर्मनी र बेल्जियमको जनजीवन प्रभावित भएको छ । बाढीमा परेर ७० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो जर्मनीका नागरिक छन् । बाढीमा परेर केही हराइरहेका छन्। सुरक्षाकर्मीले हेलिकप्टरमार्फत बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धारकाे काम गरिरहेका बीबीसीले जनाएको छ ।
सयौँ नागरिकहरु उद्धारको पर्खाइमा घरको छतमा बसेका छन् । बाढीका कारण पश्चिम जर्मनीका विद्यालयहरु बन्द गरिएको छ भने कयौँ सडक खण्डमा पनि क्षति पुगेको छ । बाढी प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था लागू...