पूर्वी तराई मोरङ, सुनसरी र झापामा पछिल्लो दुई सातामा जंगली हात्तीको आतंक बढ्दो छ । यो अवधिमा हात्तीको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । गत बिहीबार सुनसरीको इटहरी २ स्थित शान्तिझोडामा जंगली हात्तीको आक्रमणबाट स्थानीय रविन खड्काको ज्यान गयो ।
१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नं. १ का सांसद विश्वप्रकाश शर्माले जंगली हात्ती नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभामा बोल्ने क्रममा महामन्त्री शर्माले जंगली हात्तीको आतंक नियन्त्रण गर्नका लागि दीर्घकालीन हल खोज्न सरकारसँग आग्रह गरे । झापाको बुद्ध शान्ति गाउँपालिकामा एक वर्षमा जंगली हात्तीका कारणले तीन जनाको […]
बर्दिया । बर्दियामा जंगली हात्तीको आतंक बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–१ मा जंगली हात्ति आतंक बढेको हो । दिनहुँ जस्तो निकुञ्जबाट आउने हात्तीले स्थानीयले लगाएको अन्न बाली क्षती गर्नुका साथै घर भत्काउनु थालेपछि स्थानीय चिन्तित बनेका छन् । हात्तीले आज बिहान गेरुवा–१ बनखेतका स्थानीय जनक थापाको घर भत्काउनुका साथै […]