ट्याक्सी चालकबाट पठाओ राइडर निर्घात कुटिए

१० चैत, काठमाडौं । सोमबार बेलुकी काठमाडौंको नयाँ बसपार्कमा ट्याक्सी चालकको एक समूहले पठाओ चालकमाथि निर्घात कुटपिट गरेका छन् । आफूले भन्दा सस्तो भाडामा यात्रु चढाएको भन्दै ट्याक्सी चालकहरुले पठाओ राइडरमाथि आक्रमण गरेको पठाओ नेपालले …

सम्बन्धित सामग्री

बोगटी र कोट्टारीले जिते ‘पठाओ दशैं महोत्सव’को बम्पर उपहार

काठमाडौं। ‘पठाओ दशैं महोत्सव २०८०’ को बम्पर पुरस्कार अन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जितेका छन् । बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरी तोकिएको मापदण्ड पूरा गरेका ५८५ जनामध्ये गोलाप्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो । दशैंको अवसरमा तीन वर्षदेखि दशैं महोत्सव गरिँदै आएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए । पठाओमा आबद्ध भई फ्रन्टलाइनमा दिनरात खटिने राइडरको सम्मानमा बम्पर पुरस्कारको सहकार्य गरिएको नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजका महाप्रबन्धक दिपक रौनियारले बताए ।

पठाओ दशैं महोत्सवमा दुई जनाले जिते यामाहा रे जेडआर

काठमाडौं । ‘पठाओ दशैं महोत्सव–२०८०’ को बम्पर पुरस्कारअन्तर्गत पठाओ क्याप्टेन नवराज बोगटी र पठाओ राइडर विशन सिंह कोट्टारीले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर जितेका छन् ।  काठमाडौं उपत्यकामा सेवा प्रदान गरिरहेका बाइक राइडर, पठाओ क्याप्टेन (ट्याक्सी चालक) र पठाओ हिरो (फुड डेलिभरी पर्सन) गरी तोकिएको मापदण्ड पूरा गरेका कुल ५८५ जनामध्ये गोलाप्रथाद्वारा बम्पर पुरस्कार प्रदान गरिएको हो । नेपालीहरूको महान चाड बडादशैंको अवसरमा तीन वर्षदेखि दशैं महोत्सव गर्दै आएको र आगामी दिनमा पनि यो कार्यक्रमको निरन्तरता दिइने पठाओ नेपालका प्रवन्ध निर्देशक असिम मान सिंह बस्न्यातले बताए । पठाओ नेपालसँग आवद्ध भइ फ्रन्टलाइनमा दिनरात घाम पानी नभनी खटिने साथीहरूको सम्मानमा बम्पर पुरस्कारको सहकार्य गरिएको र आगामी दिनमा पनि यस्ता सहकार्य जारी राखिने यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एम. ए. डब्लु इन्टरप्राइजेज प्रालिका जनरल म्यानेजर (सेल्स एण्ड बिजनेस डेभलपमेन्ट) दीपक रौनियारले बताए । विजेता दुवैजनालाई पठाओ नेपालका असिम मान सिंह बस्न्यात र एम. ए डब्लु. इन्टरप्राइजेज प्रालिका दीपक रौनियारले यामाहा रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटर हस्तान्तरण गरेका छन् । गोलाप्रथाद्वारा प्रदान गरिएको बम्पर पुरस्कारको कार्यक्रम पठाओ नेपालको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।  बम्पर पुरस्कार बिजेता पठाओ क्याप्टेन नवराज बोगटी २०२२ मेमा पठाओमा आवद्ध भइ करीब ३ हजार ट्याक्सी राइड पूरा गरेका चालक हुन् । त्यस्तै बम्पर पुरस्कारकै अर्का विजेता पठाओ राइडर विशन सिंह कोट्टारी २०२१ जनवरीदेखि पठाओमा आवद्ध भई ५ हजारभन्दा बढी ओटा बाइक राइड पूरा गरेका राइडर हुन् । उक्त दशैं महोत्सवको अफर असोज ८ देखि २८ गतेसम्म चलेको थियो ।

ट्याक्सी चालकको ज्यादतीविरुद्ध पठाओ राइडर सडकमा, प्रहरीको हस्तक्षेप

काठमाडौँ । ट्याक्सी चालकहरूले आफूहरूमाथि गुण्डागर्दी शैलीमा बारम्बार आक्रमण गरेको विरोधमा पठाओ राइडरहरु प्रदर्शनमा उत्रिएका छन् । ‘राइडर एकता जिन्दाबाद’ भन्दै उनीहरूले निकाल्न लागेको बाइक र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । र्‍यालीले जनताहरू मारमा पर्ने र आफ्नो माग सम्बोधन गर्न सम्बन्धित निकायमा गएर वार्ताद्वारा समस्या समाधान गर्न प्रहरी पठाओ राइडरहरुलाई आग्रह गरेको थियो । तर, राइडरहरुले नमाने पछि प्रहरीले बाइकको साँचो नियन्त्रणमा लिएको थियो । आफूहरूमाथि भइरहेको आक्रम

पठाओको एपमा समस्या, पठाओ अङ्कित ज्याकेट र ट्राउजर लगाउन नपाइने

काठमाण्डाै – राइड शेयरिङ एप पठाओको सेवा रोकिएको छ । सोमवार काठमाण्डौमा ट्याक्सी चालक र पठाओका चालकबीच झगडा भएपछि ट्राफिक प्रहरीले चोक–चोकमा बसेर मान्छे कुर्न नपाइने बताएको थियो । तर मङ्गलवार साँझ भने पठाओको सेवा नै रोकिएको छ । यात्रुले पठाओका मोटरसाइकल र कार बुकिङ गर्दा नखुल्ने र ‘आउट अफ सर्भिस’ को समस्या देखिएको छ ।  यसैबीच राइड शेयर एप पठाओले आफ्ना राइडरहरूलाई पठाओ भनेर चिनिने ज्याकेट र ट्राउजर लगाउन रोक लगाएको छ । पठाओ राइडर भनेर पहिचान खुल्ने...

ट्याक्सी चालक र पठाओ राइडरको सडकमै मारामार !

प्रयास श्रेष्ठकाठमाडौं । केही दिन अघिको मात्र कुरा हो, राजधानीको मुटु नै मानिएको दरबारमार्गमा ट्याक्सी व्यवसायी र पठाओ राइडरहरुबीच ग्याङ फाइट जस्तै प¥यो । कल–भेहिकल अर्थात् सेयर राइडिङ ‘पठाओ’ राइडर माथि ट्याक्सी व्यवसायीहरु जाइलागेपछि प्रतिवादमा पठाओ राइडरहरु पनि सडकमा उत्रिए । केही छिन् सडकको माहोल नै...