न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन

काठमाडौँ।  नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामूहिक शोरुम न्यूरोड नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामूहिक शोरुमको उद्घाटन प्रतिनिधि सभा सदस्य  लाल प्रसाद सावा लिम्बुले गरे । शोरुमका सफलताका लागि शुभकामना दिंदै  प्रतिनिधि सभा सदस्य  लिम्बुले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो […]

सम्बन्धित सामग्री

टर्कीश पर्फ्युम ब्रान्ड निशनेको ‘एक्स कलेक्सन’ नेपालमा

काठमाडौं । नेपालमा टर्कीश पर्फ्युम ब्रान्ड निशनेका उत्पादनहरूको विक्री शुरु भएको छ । नेपाली बजारमा ब्रान्डेड पर्फ्युमहरू विक्री गर्दै आइरहेको इना सेन्टरले निशने ब्राण्डका पर्फ्युमहरू भित्र्याएको हो ।  शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा पूर्वमन्त्री तथा नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले निशने एक्स कलेक्सनको उद्घाटन गरे । सारभर पर्फ्युम पारखीहरूका लागि उत्कृष्ट मानिएको निशने ब्राण्डका पर्फ्युम टर्कीमा उत्पादन हुन्छन् । इना सेन्टरले यसका विभिन्न भेरियन्टहरू नेपालमा भित्र्याएको हो ।   इना सेन्टरले नेपालमा ३० वर्षदेखि अन्तरराष्ट्रिय ख्याति प्राप्त ब्राण्डका पर्फ्युमहरू आयात तथा विक्री वितरण गर्दै आएको छ । इना सेन्टरका न्यूरोड, सिभिल मल, दरबार मल तथा बबरमहल रिभिजिटेडमा रहेको शोरुमबाट निशने ब्राण्डका पर्फ्युम विक्री हुने इना सेन्टरका प्रवन्ध निर्देशक उद्धव बर्तौलाले जानकारी दिए ।  इनाले हाल क्लिभ क्रिष्टियन, लिक्विड्स इमेजिनरिज, टिजियाना, एसेन्सियल, भिक्यान्टोलगायत ब्राण्डका पर्फ्युमहरू विक्री गर्दै आइरहेको छ । निशने छोटो समयमा स्थापित टर्कीश ब्राण्ड हो । यो ब्रान्डका पर्फ्युमहरू विश्वका सर्वाधिक विक्री हुने पाँच उत्कृष्ट पर्फ्युममध्येमा पर्दछन् । निशनेका उत्पादनहरूमध्ये उत्कृष्ट पाँच ब्राण्डहरू ह्यासिभ्याट, हन्ड्रेड साइलेन्ट वेज, एनी एक्स, फ्यान योर फ्लेम्स, वुलोङ चा इना सेन्टरको एक्स कलेक्सनमा उपलब्ध छन् ।   निशनेका प्रत्येक नयाँ संस्करणहरूमा मौलिक सुगन्धको मुख्य विशेषताहरू रहने जनाइएको छ । यसलाई नयाँ क्षितिजमा लैजान र उपभोक्ताको रुचिलाई कायम राख्नका लागि विशेष प्रकारको डिजाइन गरिएको यी पर्फ्युमहरू अत्तरको संसारमा नयाँ विश्वव्यापी आइकनहरू बन्ने अपेक्षा गरिएको छ । बेस्टसेलर पर्फ्युम निशनेको ह्यासिभ्याट सन् २०१७ बाट बजारमा आए पनि यसको लालित्य, योग्यता र कलाको प्रेमलाई निखारिएको भन्दै प्रशंशा भइरहेको छ । यस्तै, हन्ड्रेड साइलेन्ट वेज पर्फ्युम सन् २०१६ मा लञ्च भएपछि यसले पर्फ्युमका क्षेत्रमा नयाँ आयाम थपेको छ । यसलाई मौलिक सुगन्ध मन पराउनेहरू र मौलिक सूत्रको आकर्षक मुडमा नयाँ टेक खोज्नेहरूले रुचाउँछन् । एनी पर्फ्युम सन् २०१९ मा सार्वजनिक भए पनि यसले मानिसहरू बीचको सबै भावनात्मक सीमाहरू हटाउन सफल भएको छ । यो सुगन्ध तुरुन्तै विश्वव्यापी हिट भयो, जुन प्रायः सबैभन्दा राम्रो भेनिला सुगन्धको रूपमा उल्लेख गरिएको थियो । वुलोङ चा सन् २०१५ मा विश्वव्यापी रूपमा शुरु गरिएको निशनेको विश्वभरि ठूलो फ्यानबेसमा पुगेको पर्फ्युम भएको छ । यसलाई प्रयोग गर्नेहरूको शब्दमा यसले सुदूर पूर्वको शान्त चिया बगानहरूमा लैजान्छ, जहाँ ओलोङ चियाका पातहरू र भूमध्यसागरीय फिगका नाजुक नोटहरू छन् । फ्यान योर फ्लेम्स अर्को बेस्ट सेलर पर्फ्युम हो । यसको सुगन्ध नरिवल, रम र लेन्टिस्कको संयोजनको साथ खुल्छ, जसले मीठो र सुगन्धित वातावरण दिन्छ । सुगन्धको मुटुमा तम्बाकु, टोन्का बीन र थाइम तेलको मिश्रण हुन्छ, जसले समृद्ध र मसालेदार सुगन्ध सिर्जना गर्दछ ।

पुछारका क्लबलाई जित र गोलको खडेरी

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग उद्घाटन खेलमा नेपाली फुटबलमा पुरानो र चर्चित क्लब न्यूरोड टिम (एनआरटी)ले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गरेको थियो।  चार पटकको लिग च्याम्पियन एनआरटी एक समय नेपाली फुटबलमा निकै सशक्त टोली रहेको थियो। सो टीम २०१७, २०१९, २०३५ र २०५१ सालको लिग च्याम्प...

नेकपाका प्रवक्ता श्रेष्ठद्वारा ‘हाम्रो नेपाली सैलुन’ को उद्घाटन

५ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले अत्याधुनिक शैलीमा राजधानीको गल्फुटारमा खोलिएको ‘हाम्रो नेपाली सैलुन’ को शनिबार उद्घाटन गरेका छन् । श्रेष्ठले आफ्नो कपाल काटेर सैलुनको उद्घाटन गरेका हुन् । काठमाडौं उपत्यकाको कलंकी, न्यूरोड, बाासबारी लगायत विभिन्न ५ स्थानमा रहेको सैलुनको पछिल्लो शाखाको उनले उद्घाटन गरे । ती शैलुन …