व्यस्त सडकमा पुगेर केहीबेर उभिनुभयो भने साइरन बजाउँदै कैयन एम्बुलेन्स हुइँकिएका भेटिन्छन् ।
यसरी हुइँकिने एम्बुलेन्सभित्र कोही न कोही बिरामी वा घाइते व्यक्ति त हुन्छ नै । कतिपय त मृत्युसँग नै लडिरहेका हुन्छन् ।
यस्ता बिरामीहरूको ज्यान जोगाउने दायित्व अस्पताल पुग्नुअघि कसैको हातमा हुन्छ भने त्यो हो एम्बुलेन्स चालक ।
दाङ घर भएका देवीराम चौधरीले एम्बुलेन्स चलाउन थालेको ५ वर्ष भयो।
बिरामीलाई समयमा अस्पताल पुर्याएर उनले धेरैको ज्यान जोगाएका छन् । तर एक जना मात्रको ज्यान जोगाउन नसक्दा पनि उनलाई थकथक लाग्छ । यस्तै घटन...