आज २०७८ साल फागुन ७ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०७८ फागुन ७ गते शनिबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ रुयस्तो छ आजको फलादेश:  फागुन  ७ गते.शनिबार मेष : दिन सामान्य राम्रो छ। जन्मराशीबाट छैठौं स्थानमा चन्द्रमाले भ्रमण गर्दैगर्दा तपाईंले बोलेका कुराको गलत अर्थ […]

सम्बन्धित सामग्री

स्थानीयका लागि अप्पर सोलु हाइड्रोको आईपीओ शुक्रवारसम्म मात्र विक्रीमा

जेठ २०, काठमाडौं । वैशाख २२ गतेदेखि विक्रीमा आएको अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आईपीओ आज (शुक्रवार) सम्म मात्र विक्रीमा रहने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित सोलुखुम्बु जिल्लाको हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो । स्थानीयका लागि रू. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता शेयर जारी गरिएको हो । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।  छिटो अवधि जेठ ५ गतेसम्म माग बमोजिम आवेदन नपरेपछि कम्पनीले ढिलो अवधि जेठ २० गतेसम्म विक्रीको मिति तय गरेको थियो । इक्रा नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।  आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणालीमार्फत पूर्ण रुपमा विक्री भइरहेको हो ।  हाल कम्पनीमा संस्थापकतर्फ चुक्ताभएको ७५ दशमलव ५ प्रतिशत शेयरपूँजी रू. १ अर्ब १ करोड ९२ लाख ५० हजार छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर कम्पनीले विक्री गरेको हो ।  पहिलो चरणमा स्थानीयमा आईपीओ जारी पश्चात दोस्रो चरणमा कम्पनीका कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ५ प्रतिशत अर्थात् १९ लाख ५७ हजार ५०० कित्ता शेयर विक्रीमा आउनेछ । सर्वसाधारणलाई समेत शेयर विक्री गरी बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३५ करोड पुग्नेछ ।  यस कम्पनीको आर्थिक वर्ष ०७७/७७ सम्म सञ्चित नाफा रू. ८ करोड ३६ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव २१ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव २१ छ ।

अपर सोलू हाइड्रोको आईपीओमा आवेदन दिने म्याद थप

जेठ ५, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने म्याद जेठ २० गतेसम्म थप गरेको हो । गत वैशाख २२ गतेदेखि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गरेको हो ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि रू. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता शेयर निष्कासन गरिरहेको छ ।  यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन ।  स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।  इक्रा नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।  शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणाली मार्फत पूर्णरुपमा विक्री भइरहेको छ ।

वैशाख २२ गतेदेखि स्थानीयमा आईपीओ जारी गर्दै अप्पर सोलु हाइड्रो

वैशाख १३, काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वैशाख २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयका लागि रू. १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रू. १०० अंकित दरका १३ लाख ५० हजार कित्ता शेयर जारी गर्न लागेको हो ।  यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्ला हाल सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।  यो आईपीओ छिटोमा जेठ ५ गतेसम्म विक्रीमा रहनेछ भने योे अवधिसम्म आवेदन नपरेमा ढिलोमा जेठ २० गतेसम्म विक्री खुला हुने मिति तय भएको छ । इक्रा नेपालले कम्पनीको आईपीओलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।  आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीले सोलुखुम्बु जिल्लामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ । उक्त आयोजनाबाट उत्पादित विद्युत् २०७८ साल फागुन ७ गतेदेखि राष्ट्रिय प्रशारण प्रणाली मार्फत पूर्ण रुपमा विक्री भइरहेको हो ।  हाल कम्पनीमा संस्थापकतर्फ चुक्ताभएको ७५ दशमलव ५ प्रतिशत शेयरपूँजी रू. १ अर्ब १ करोड ९२ लाख ५० हजार छ । आयोजना प्रभावित स्थानीयमा १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो ।  पहिलो चरणमा स्थानीयमा आईपीओ जारी पश्चात दोस्रो चरणमा कम्पनीका कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ५ प्रतिशत अर्थात १९ लाख ५७ हजार ५०० कित्ता शेयर विक्रीमा आउनेछ । सर्वसाधारणलाई समेत शेयर विक्री गरी बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३५ करोड पुग्नेछ ।  यस कम्पनीको आर्थिक वर्ष ०७७/७७ सम्म सञ्चित नाफा रू. ८ करोड ३६ लाखभन्दा बढी रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव २१ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव २१ छ ।

जीवन विकास लघुवित्तद्वारा पहिलो वर्षनै ७३.६८% लाभांश प्रस्ताव

फागुन ८, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको फागुन ७ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. ६० करोड ८४ लाखको आधारमा ७० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । यस कम्पनीले २०७८ साल असार २३ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको हो ।

थापाले 'राप्रपा नेपाल' ब्यूँत्याउने, फागुन ७ मा घोषणा

काठमाडाैं : कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्यूँत्याउने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका थापाले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्यूँत्याउने जनाएका हुन्।पार्टीकाे घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौंमा हुने थापाले विज्ञप्तिमा जनाएका छन्। थापाले विज्ञप्तिमा भनेका छन्, ‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ। केही समयको अलमल पछि फेरि हाम

कमल थापाको नयाँ पार्टी 'राप्रपा नेपाल', घोषणा फागुन ७ मा

राप्रपा परित्याग गरेका कमल थापाले ‘राप्रपा नेपाल’ नामको पार्टी ब्युँत्याउने भएका छन् । थापाले एक विज्ञप्ति जारी गर्दै राप्रपा नेपाललाई ब्युँताउने जानकारी दिएका हुन् ।  राप्रपा नेपालको घोषणा सभा २०७८ साल फागुन ७ गते काठमाडौँमा हुने थापाको भनाइ छ ।‘देशको धरातलीय यथार्थ एवं सहयोगी तथा शुभचिन्तक साथीहरूको सुझावलाई मध्यनजर राख्दै हामीले राप्रपा नेपाललाई पुनर्जागृत गर्ने निर्णय गरेका छौँ । केही समयको अलमल पछि फेरि हामी आफ्नो घर फर्केका छौँ,’ उनले विज्ञप्तिमा भनेका छन् ।&nb