सल्यान : सल्यानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको छ। डिभिजन वन कार्यालय सल्यानले कपुरकोट गाउँपालिका –३ को बजार क्षेत्रमा १० वर्ष देखि वन क्षेत्र अतिक्रमण गरी बनाएका ९ वटा घर टहराहरू हटाएको हो।काफलनेटी सामुदायिक वन क्षेत्र भित्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरालाई सशस्त्र वन रक्षकको टोली परिचालन गरी हटाइएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।कार्यालयबाट पटक पटक जग्गा खाली गर्नको लागि सूचना टाँस गरे पनि स्थानीयले अटेर गरेपछि बाध्य भएर सुरक्षाकर्मीको सहयोग लिएर