फिफा विश्वकप फुटबलको पहिलो खेल इक्वेडरले जितेको छ । विश्वकप आयोजक टिम कतारलाई २–० गोलले हराउँदै इक्वेडरले पहिलो खेल जितेको हो ।
इक्वेडरका भ्यालेन्सियाले १६ औँ मिनेटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए । भ्यालेन्सियाले नै ३१ औँ मिनेटमा गोल गरेर टिमलाई २–० गोलको अग्रता दिलाए । योसँगै कतार विश्वकप २०२२ मा पहिलो गोलकर्ता बनेका छन् भ्यालेन्सिया ।
चौंथो पटक विश्वकप खेलिरहेको इक्वेडरले पहिलो पटक विश्वकप खेलिरहेको कतारविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो । तर त्यसपछि दुवै टिमले मौका पाएर पनि ...