युक्रेनले क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिएको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रिप्टोकरेन्सीको व्यवस्थापन सम्बन्धी कानूनमा हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । धितोपत्रसम्बन्धी ऐन २०६३ मा भएका केही व्यवस्था संशोधन गरी धितोपत्र बजारमा हुने भित्री कारोबार, कृत्रिम कारोबार, जालसाजीयुक्त कारोबारलगायत कसुरको छानविन गर्ने जिम्मा नेपाल प्रहरीलाई दिने विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ । अहिलेसम्म त्यस्तो कसुरको छानविन धितोपत्र बोर्डले गर्दै आएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबवहादुर प्रधानले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिनिधिसभामा पेश गरेका हुन् । अघिल्लो प्रतिनिधिसभाले पारित गरिसकेको उक्त विधेयक राष्ट्रियसभाको बैठक बस्न नसक्दा निर्णयमा पुग्न पाएको थिएन । अहिले उक्त विधेयक पुन: प्रतिनिधिसभामा दर्ता गरिएको छ । दुवै सदनले पास नगरेका कारण प्रस्ताव निष्क्रिय भइसकेकाले पुन: प्रतिनिधिसभामा पेश गरिएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेर राष्ट्रपतिले लालमोहर लगाएपछि संशोधनले कानूनी मान्यता पाउँछ ।
मन्त्रालयले विधेयकमा समावेश भएको धितोपत्रसम्बन्धी ऐन २०६३ को संशोधनमा धितोपत्र बोर्डको केही अधिकार कटौती गरी प्रहरीलाई दिने प्रावधान राखेको हो । संशोधित ऐनमा धितोपत्र ऐनको दफा ९१, ९४, ९५, ९६, ९७, ९८, ९९ वा १०० बमोजिम कुनै पनि कसुर गरेको भनी बोर्डमा उजुरी परेमा बोर्ड अध्यक्षले तत्काल बोर्डको अधिकृतस्तरको कर्मचारीमार्फत उजुरीमा प्रारम्भिक जाँचबुझ गराउने प्रावधान छ ।
यसरी जाँचबुझ गर्दा उल्लेखित कसुर गरेको देखिएमा त्यस्तो कसुरमा अनुसन्धान गर्न उजुरी, संकलित विवरण तथा प्रमाण सहितको मिसिल कागजात ३० दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनुपर्ने भनिएको छ ।
संशोधन प्रस्तावमा बोर्डले तोकेको अनुसन्धान अधिकृतबाट धितोपत्र ऐनको दफा १०३ को उपदफा ३ बमोजिम तोकिएको अवधिभित्रै कुनै पनि निर्णय नभएमा त्यस्तो उजुरीको अनुसन्धान पनि प्रहरीले नै गर्नुपर्ने भनिएको छ ।
बोर्डका एक उच्च अधिकारीले संशोधन प्रस्तावमा बोर्डले मन्त्रालयलाई दिएका अधिकांश सुझाव समेटिएको बताए । ती अधिकारीका अनुसार बोर्डको लक्ष्य नै ऐनलाई बलियो बनाएर एन्टी मनी लाउन्डरिङ (एएमएल) सेफ्टी प्रोटोकल पास गर्नु रहेकाले सरकारले विभिन्न मन्त्रालयका साथै अन्य निकायसँग छलफल गरी प्रतिनिधिसभामा पेश गरेको संशोधनप्रति बोर्ड सकारात्मक छ ।
शेयर बजारका जानकार तथा विश्लेषक मुक्ति अर्याल धितोपत्र कसुरको छानविन गर्ने जिम्मेवारी प्रहरीलाई दिने गरी संसद्मा दर्ता भएको विधेयक गलत भएको बताउँछन् । ‘धितोपत्र बोर्डको अधिकार खोसेर प्रहरीलाई दिँदा बोर्डको नियामकीय क्षमता झनै कमजोर हुने भएकाले भविष्यमा बोर्डसँग कोही पनि नडराउने अवस्था सृजना हुन सक्छ,’ उनले भने, ‘बोर्डमा १० कित्तामात्र शेयर भएको लगानीकर्ताविरूद्ध कसैले उजुरी दियो भने पनि पुलिस केस हुन्छ, जसले गर्दा निर्दोष लगानीकर्ता पनि अप्ठ्यारोमा पर्न सक्छन् । त्यसैले यो संशोधन गलत छ ।’ प्रहरीले धितोपत्र कसुरको अनुसन्धानमा सहयोग गर्न सक्ने तर प्रहरीले नै अनुसन्धान गर्ने प्रावधान भारत, अमेरिका, बेलायत जस्ता विकसित मुलुकको पूँजी बजारमा समेत नभएको उनले बताए ।
धितोपत्र कसुरको अनुसन्धान गर्न प्रहरीसँग भएको स्रोत र विज्ञताले सम्भव नहुने अर्यालको भनाइ छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री प्रधानले प्रतिनिधिसभामा दर्ता गराएको विधेयकमा धितोपत्र ऐनसहित २० ओटा अन्य ऐन संशोधन गर्ने प्रस्ताव छ ।
उक्त विधेयकमार्फत निकासी पैठारी (नियन्त्रण) ऐन २०१३, पानी जहाज दर्ता ऐन २०२९, मालपोत ऐन २०३४, पर्यटन ऐन २०३५, भवन ऐन २०५५, नेपाल राष्ट्र बैंक ऐन २०५८, दामासाहीसम्बन्धी ऐन २०६३, धितोपत्रसम्बन्धी ऐन २०६३, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन २०६४, कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन २०७०, पारस्परिक कानूनी सहायता ऐन २०७०, संगठित अपराध निवारण ऐन २०७०, विद्युत् नियमन आयोग ऐन २०७४, मुलुकी अपराध संहिता २०७४, मुलुकी फौजदारी कार्यविधि संहिता २०७४, सहकारी ऐन २०७४, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ र बीमा ऐन २०७९ संशोधन गर्न खोजिएको हो ।
काठमाडौं । सिंगापुरले समलिंगी यौन सम्बन्ध माथिको प्रतिबन्ध फुकुवा गर्दै कानूनी मान्यता दिएको छ । सिंगापुरमा समलिंगी यौन सम्बन्धको बारेमा वर्षौंदेखि चल्दै आएको चर्को बहसपछि प्रधानमन्त्री लि सिएन लुंगले समलिंगी सम्बन्धलाई कानूनी मान्यता दिने घोषणा गर्नुभएको हो । सिंगापुर पुरातन सामाजिक मूल्य मान्यताका लागि चिरपरिचित रहेतापनि त्यहाँका अधिकांश जनताले ब्रिटिस साम्राज्यकालीन कानूनको धारा ‘३७७ ए’ […]
उज्वेकिस्तानले सौर्य ऊर्जाको प्रयोग गरेर गरिने क्रिप्टोकरेन्सीहरूको माइनिङलाई कानुनी मान्यता दिएको छ । ब्लकचैनमा बिटक्वैन, इथेरियम जस्ता क्रिप्टोकरेन्सीको कारोबार अथवा लेनदेनको व्यवस्थापन गर्न बलिया कम्प्युटर सिस्टम प्रयोग गरेर काम गर्ने गरिन्छ यसैलाई माइनिङ भनिन्छ । माइनिङ गर्ने व्यक्तिले रिवार्ड स्वरुप क्रिप्टोकरेन्सी प्राप्त गर्छ । उज्वेकिस्तानले सौर्य उर्जाको प्रयोग गरेर क्रिप्टाकरेन्सीको माइनिङ गर्न कानुनी मान्यता दिएको हो ।
उज्वेकिस्तानले सौर्य ऊर्जाको प्रयोग गरेर गरिने क्रिप्टोकरेन्सीहरूको माइनिङलाई कानुनी मान्यता दिएको छ । ब्लकचैनमा बिटक्वैन, इथेरियम जस्ता क्रिप्टोकरेन्सीको कारोबार अथवा लेनदेनको व्यवस्थापन गर्न बलिया कम्प्युटर सिस्टम प्रयोग गरेर काम गर्ने गरिन्छ यसैलाई माइनिङ भनिन्छ । माइनिङ गर्ने व्यक्तिले रिवार्ड स्वरुप क्रिप्टोकरेन्सी प्राप्त गर्छ । उज्वेकिस्तानले सौर्य उर्जाको प्रयोग गरेर क्रिप्टाकरेन्सीको माइनिङ गर्न कानुनी मान्यता दिएको हो ।
गैरकानूनी भनी चिनिने हुन्डीलार्ई जति नै कडाइ गरे तापनि यससम्बन्धी क्रियाकलाप नियमित रूपमा भइरहेको छ । आठौं शताब्दीदेखि विभिन्न व्यापारीले भारतमा सञ्चालनमा ल्याएको मानिएको यो रकमान्तर प्रक्रिया आज बैंकिङ प्रणाली सञ्चालनमा आइसक्दा समेत उत्तिकै प्रचलमा छ । हुन्डी बढी हुने ठाउँमा गैरकानूनी कार्य, अवैध धन्दा, लागूपदार्थ सम्बन्धी व्यापार, आतंकवादीलाई वित्तीय सहयोग बढी हुने अनुमान गरिन्छ । हुन्डी पठाउने देश मात्र नभएर प्राप्त गर्ने देशसमेत यस प्रकारको जोखिमको दायरामा रहेको हुन्छ ।
हुन्डी गैरकानूनी कालो धन शुद्धीकरण गर्ने, गैरकानूनी कार्यबाट आर्जित धनलाई कानूनी दायरामा ल्याउने, भ्रष्टाचारबाट आर्जित सम्पत्तिलाई चोख्याउने ठाउँ भनी चिनिन्छ । शंकास्पद गतिविधि, आपराधिक र आतंकवादी क्रियाकलापलाई आर्थिक सहयोग पुर्याउने माध्यम मानिन्छ, हुन्डी । यद्यपि नेपाललगायत अन्य मुलुकमा हुन्डीबाट हुने कारोबार न्यून हुन सकेको छैन ।
वित्तीय क्षेत्रका अब्बल व्यक्तिले नै हुन्डीलाई प्राथमिकतामा राखेको भेटिन्छ । हुन्डीको प्रयोग खाडी मुलुकबाट नेपाल रकम पठाउन मात्र प्रयोग भएको छैन, नेपालबाट विदेश पठाउन वा विकसित मुलुकबाट नेपाल रकम पठाउन पनि भएको छ । एउटा उच्च तहको व्यक्तिले आफ्ना छोराछोरीलाई अस्ट्रेलियामा घर किन्न पैसा पठाउँदा हुन्डी नै प्रयोग गरेको भेटिन्छ । हुन्डी प्राथमिकतामा पर्नुका पछाडि केही विशेष कारण रहेका छन् ।
सर्वप्रथम त हुन्डी सहज छ, यो प्रयोग गर्नका निमित्त न कुनै बैंक खाता हुनुपर्छ न विभिन्न मापदण्डअन्तर्गत रहनुपर्छ । हुन्डी नामक छोटो चलचित्रमा देखाएबमोजि, हुन्डीमार्फत रकम प्राप्त गर्न होस् वा पठाउनुहोस्, हुन्डी व्यवसायमा संलन व्यवसायी घरदैलोसम्म नै आइपुग्छन् । बैंकहरू लगभग सबै स्थानीय तह पुगे पनि हुन्डी लगभग सबै वार्डसम्म पुग्न सफल भएको जस्तो देखिन्छ ।
हुन त हुन्डीलाई विश्वासविहीन भनेर बुझिन्छ । तर, जब तल्लो घरको छोराले कतारबाट पैसा पठाउन हुन्डी प्रयोग गर्छ, माथ्लो घरको बुबाले पनि आफ्नो छोरालाई त्यही माध्यम प्रयोग गर घरमै पैसा आइपुग्नेछ भनी सुझाव दिन थाल्छन् । त्यो गाउँमा बस्नेलाई थाहा हुँदैन यो कति जोखिमयुक्त छ । बैंक जाँदा बैंकले सही मिलेन, यो भन्दा ठूलो रकम दिन मिल्दैन भनिरहेको सन्दर्भमा घरमै रकम आइपुग्दा विश्वास हुनु स्वाभाविक हो । वित्तीय साक्षरताको कमी हुनुको परिणाम शायद एउटा यो पनि हो, जसमा यसरी कारोबार गरिएको रकम र शैलीसँग आबद्ध जोखिमको अनुमानसम्म गरिएको हुँदैन ।
हुन्डीको बिगबिगी यसरी बढ्नुको कारण यो झमेलामुक्त रहनु हो । न कलेजको कुनै कागजात देखाउनुपर्छ, न बैंकिङ नियम र अनुपालनको पालना गर्नुपर्छ । यसबाट हुने सम्पूर्ण जोखिम एकातर्फ राखेर कारोबार गर्न सकिन्छ । यता एउटा हातमा पैसा दियो, अर्को हातले उता पैसा प्राप्त गर्छ । कुनै झन्झटको सामना कसैले गर्नु नपर्ने भएकाले यसको लोकप्रियता उच्च बिन्दुमा पुगेको बुझ्न सकिन्छ ।
अन्तरराष्ट्रिय भुक्तानी प्रणालीमा नेपाल अझै पनि विश्वबजारभन्दा बाहिर नै रहिआएको छ जसको पुष्टि क्रिप्टो मुद्रामा लगाइएको बन्देजले स्पष्ट पार्छ । अझै पनि हामीसँग पेपल, इक्सेलजस्तो खाताको सहज पहुँच नहुँदा यसरी हुने आम्दानीलाई नेपाल भित्र्याउनसमेत हुन्डी प्रयोग भइरहेको देखिन्छ । अन्तरराष्ट्रिय भुक्तानी प्रणालीअन्तर्गत रहेर नेपालभित्र विभिन्न तरीकाले भुक्तानी गर्न सकिने भएकाले नेपाली सचेत समूहले पनि हुन्डी प्रयोग गरेको देखिन्छ ।
हुन्डीको बिगबिगी बढ्नुको अर्को कारण व्यावहारिक पक्षमा ध्यान नदिनु हो । रकमान्तर गर्ने कुनै संस्था यदि एउटा मुलुकमा कानूनी मान्यता पाएर बसेको छ, रकमान्तर गर्ने अनुमति लिएर बसेको छ भने त्यसलाई नेपालले कसरी हेर्छ थाहा छैन । विदेशमा रकम पठाउने उक्त एजेन्ट कानूनी मान्यता प्राप्त भइरहँदा प्रापक चाहिँ गैरकानूनी कसरी हुन्छ ? यस विषयमा हाम्रो अध्ययन कम भएको हो कि ? हुन्डी गैरकानूनी हो भने त्यो सबैतिर गैरकानूनी नै हुनुपर्ने हो । हिजो जस्तो सम्पूर्ण रकम नियामक निकायलाई जानकारी गराएर भित्रन अहिलेको विश्वव्यापी युगमा कठिन हुन सक्छ । यसमा हामीले आफ्नो स्तर उकास्ने या विश्वव्यापी मान्यतालाई प्रोत्साहित गर्ने भन्ने विषय बुझ्न जरुरी छ ।
हुन्डीमा आकर्षण बढ्नुको मुख्य र नकार्न नमिल्ने कारण भनेको यसको शुल्क पनि हो । औपचारिक माध्यमबाट रकमान्तर गर्दा लाग्ने शुल्क र हुन्डीको प्रयोग गर्दा लाग्ने शुल्कमा निकै अन्तर भेटिन्छ । औपचारिक माध्यमबाट रकमान्तर गर्दा तिर्नुपर्ने सेवाशुल्क, करलगायत खर्चले प्रापक र प्रेषक दुवैलाई मर्का परेको पाइन्छ । जब शुल्क न्यून हुन्छ, आकर्षण बढ्नु स्वाभाविक हो । अन्तिम कारण भनेको हुन्डीबाट गरिने कारोबारलाई सूक्ष्म निगरानीको अभाव पनि हो ।
यहाँ न हुन्डीमार्फत रकमान्तर गराउने व्यक्तिलाई डर छ, न उक्त कारोबार सञ्चालन गर्ने व्यवसायीलाई । यसले गर्दा यसलाई निरुत्साहित गर्ने पक्ष कमजोर र प्रोत्साहित गर्ने पक्ष बलियो देखिन्छ ।
विश्वमा भएका ठूलाठूला आतंकवादी कार्यमा वास्तवमै हुन्डीको महत्त्वपूर्ण भूमिका रहेको तथ्यहरूले देखाउँछ । नेपालमा पनि भारत, दक्षिण कोरियालगायत मुलुकबाट उच्च मात्रामा हुन्डी कारोबार हुने भनी जानकारी दिइएको छ, तर यसलाई नियन्त्रण गर्ने, अनुगमन गर्ने पक्षले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । महजोडीद्वारा निर्मित हुन्डी नामक छोटो फिल्मले वित्तीय सचेतना जगाउन खोजेको देखिन्छ । वित्तीय साक्षरतामा हाम्रो स्थान निकै न्यून रहिआएकाले आज वित्तीय कारोबार कसरी गर्ने, के ठीक र के बेठीक भनेर जनस्तरमा सचेतनाकै कमी रहेको छ, जसले गर्दा यस प्रकारको कार्यलाई सहयोग पुगिरहेको देखिन्छ । हुन्डी कारोबारलाई निरुत्साहित गर्न वित्तीय संस्थादेखि राज्य एक साथ भएर अगाडि बढ्न आवश्यक छ ।
रेग्मी बैंकर हुन् ।
युक्रेनले क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिएको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रिप्टोकरेन्सीको व्यवस्थापन सम्बन्धी कानूनमा हस्ताक्षर गरेका हुन् ।
युक्रेनले क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिएको छ । त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रिप्टोकरेन्सीको व्यवस्थापन सम्बन्धी कानूनमा हस्ताक्षर गरेका हुन् ।