धनकुटा महोत्सव माघ पहिलो सातादेखि हुने

धनकुटा : धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको छ। धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश अलैँची, अदुवा, अल्लो, ओलन लगायतका १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिने भएको हो।धनकुटा उद्योग वाणिज्य संघले आइतबार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरेर दिएको जानकारीअनुसार धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको