पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भएका छन् । सोमबार विज्ञप्ति जारी गरी उनले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्दै गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका हुन् । सत्तारुढ गठबन्धनबाट पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली काँग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन् । कार्कीले स्थानीय तह निर्वाचनमा काँग्रेसले लिएको नीतिप्रति असहमति राख्दै आफूल