काठमाण्डाै - काठमाण्डौको भृकुटीमण्डपमा चारदिनसम्म चलेको विद्युतीय गाडीको मेला हिजोदेखि सकिएको छ ।
मेला ४० हजार जनाले अवलोकन गरेका र विद्युतीय गाडीमा धेरैको आकर्षण देखिएको आयोजक अटोमोबाइल्स एसाेसिएशन अफ नेपाल नाडाले जनाएको छ । मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ भएको छ । नेक्सन ईभी मात्रै १ सय ३० वटा बुकिङ भएको हो ।
टाटापछि हुन्डाईको विद्युतीय गाडी धेरै बुकिङ भएको छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको आयोजना गरेको हो । मेलामा ९ वट...