काठमाडौँ । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाएको महाअभियोग प्रस्ताव समितिमा पठाउन माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै अधिकारीले महाअभियोग प्रस्ताव संसदीय समिति लगेर छानबिन नगरिए त्यो संविधानको दुरुपयोग हुने बताए । उनले भने, ‘प्रधानन्यायाधीश सिंहदरबारको एउटा र सर्वोच्चको अर्को भएको जनगुनासो छ । महाअभियोगको प्रस्ताव समितिमा नलैजानु हाम्रो असक्षमता हो […]