काठमाडौं : पेट्रोलियम पदार्थमा भारी मात्रामा मूल्यवृद्धि भएपछि आम नागरिक चरम समस्यामा परेका छन्।पेट्रोल डिजेलमा गरिएको मूल्यवृद्धिको भोलिपल्टदेखि नै सार्वजनिक सवारीमा भाडा बढेपछि अहिले सार्वजनिक सवारी प्रयोगकर्ता बढी भाडा तिर्न बाध्य छन्।त्यसैले हतार परेको बेला बाहेक आधा घण्टा, एक घण्टाको बाटोमा गाडी नै चढ्न छोडेको काठमाडौंका कतिपयले बताएका छन्।यातायातका लागि सहज मानिने पठाओमा जोडिएका सवारी चालकहरू पनि इन्धनको महँगीका कारण पठाओ सेवा उपलब्ध गराउन नसकिने अवस्था आएको बताउँछन्।महँगीकै कार