जेठ २६, काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले आगामी असार १ गतेदेखि आन्तरिक हवाई उडान खोल्न माग गरेको छ।
संघले बुधवार विज्ञप्ति जारी गर्दै विमान कम्पनी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी उडान गर्न प्रतिबद्ध रहेकाले खोल्नुपर्ने माग गरेको हो। लामो दूरी पनि छोटो समयमै पुग्न सकिने, विश्व स्वास्थ्य संगठन र सरकारले तोकेको मापदण्ड पूर्णपालना हुने भएकोले उडान खोल्नुपर्ने संघले बताएको छ।
वायुसेवा संघले गत वर्षको बन्दाबन्दी जस्तै यो वर्ष पनि निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शूल्कमा ७५ प्रतिशत छूटको व्यवस्था गर्न पनि माग गरेको छ।
अन्तरराष्ट्रिय उडानतर्फ हवाई इन्धनको मूल्य कटौतीलाई पनि संघले स्वागत गरेको छ। नेपाल आयल निगमले २३ जेठमा अन्तरराष्ट्रिय हवाई उडानतर्फको मूल्यमा २० प्रतिशत कटौती गरेको थियो।
संघले आन्तरिक हवाई उडानमा प्रयोग हुने इन्धनको मूल्य घटाउन पनि भनेको छ।
काठमाडौं, जेठ ५ । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा अवधिभर सम्पूर्ण आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानमा रोक लगाउँदा नेपाल भ्रमणमा आएका विदेशी पर्यटक भ्रमण सकेर आफ्नो गन्तव्यमा जान नपाएकाले त्यस्ता पर्यटकको विवरण […]
४ जेठ, काडमाडौं । पर्यटन व्यवसायीले चार्टर्ड उडानका नाममा हुने विकृति रोक्न सीमित संख्यामा भएपनि नियमित उडान खोल्न माग गरेका छन् । सरकारले नेपालमा अन्तर्राष्ट्रिय सेड्यूल उडान बन्द भएको छ । तर, दूतावासहरुको पहलमा नेपालबाट पुनः चार्टर्ड उडान गरी विदेशी नागरिकका लागि जहाज उपलब्ध गराउन शुरु गरिएको छ । चार्टर्ड उडान विवादास्पद हुने र विदेशी […]