क्रकेटर सन्दीपमाथिको निलम्बन फुकुवा

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । नावालिका बलात्कार मुद्दामा उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश गरेसँगै क्यानको पोखरामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । उनी २०७८ मंसिर २९ मा उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएका थिए […] The post क्रकेटर सन्दीपमाथिको निलम्बन फुकुवा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

निलम्बनमा परेका मधेस प्रदेश सांसद अनिरुद्ध सिंहको निलम्बन फुकुवा

जनकपुरधाम– हत्या तथा डाँका अभियोगमा पक्राउ परेपछि निलम्बनमा परेका मधेस प्रदेश सांसद अनिरुद्धकुमार सिंहको निलम्बन फुकुवा भएको छ। गत भदौ १८ गते पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेकोमा सो अवधिमा संसद बन्द रहेकाले सोही मिति देखि लागु हुने गरी प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम २१० बमोजिम उनलाई निलम्बन गरिएको पत्र प्रकाशन गरिएको थियो। […]

फिफाद्वारा भारतमाथिको निलम्बन फुकुवा

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) माथि लगाएको निलम्बन दुई साता भन्दा कम समयमै फुकुवा गरेको छ । एआइएफएफमा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले साउन ३० गते भारतमाथि निलम्बन गरेको थियो । ब्यूरो अफ फुटबल काउन्सिलले एआइआइएफमाथि लगाएको निलम्बन फुकुवा गर्ने निर्णय गरेको फिफाद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख […]

क्यानमाथिको निलम्बन पूर्ण रूपमा फुकुवा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान) माथि लगाएको निलम्बन पूर्ण रूपमा हटाएको छ । ०७६ असोजमा चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि आइसिसीले ससर्त निलम्बन फुकुवा गरेको थियो ।...

क्यानमाथिकाे निलम्बन पूर्णरूपमा फुकुवा

काठमाण्डाै – अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान) माथि लगाउँदै आएको 'कन्ट्रोल फन्डिङ' पूर्णरूपमा फुकुवा छ ।   क्यानले आज मङ्गलवार एक विज्ञप्ति निकाल्दै आईसीसीबाट कन्ट्रोल फन्डिङ पूर्णरूपमा फुकुवा भएको जनाएको छ । याेसँगै अब नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त देशसरहकाे आर्थिक अनुदान र गतिविधि गर्न पाउने छ ।  २०७६ असोज ११ र १२ गतेको विशेष साधारण सभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानको निलम्बन फुकुवा गरेकाे थियाे । तर कन्ट्रोल फन्डिङ भने फुकु...

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

काठमाडौं, चैत १९ । बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो। एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको […]

बलात्कार आरोपी सांसदको निलम्बन फुकुवा गर्न माग

बलात्कार आरोपमा पक्राउ परेर सांसद सदस्यबाट निलम्बन भएका एमाले सांसद मोहन बानियाँले अदालतको आदेशबाट धरौटीमा रिहा भएपछि निलम्बन फुकुवा गर्नुपर्ने माग गर्दै संसद् सचिवालयमा निवेदन दिएका छन् । प्रतिनिधिसभाको २०७८ फागुन २२ गतेको बैठकले उनलाई निलम्बन गरेको हो।एक शिक्षिकालाई बलात्कार गरेको अरोपमा सांसद बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हिरासतमा रहेका उनी अदालतको आदेशमा गत चैत २ गते धरौटीमा रिहा भएका छन् । धरौटीमा रिहा भएपछि उनले केही दिनअघि संसद् सचिवालयमा निवेदन दिदै रोकिएक

माधव नेपालसहित चार जनाको निलम्बन फुकुवा

काठमाडौं :  नेकपा एमालेले ‘समानान्तर’ पार्टी गतिविधि सञ्चालन गरेको भन्दै पार्टीबाट निलम्बन गरेका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारबाही फुकुवा गरेको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालको कारबाही फुकुवा गरेको हो। एमालेले चार नेतालाई गत चैत तेस्रो साता ६ महिनाका लागि निलम्बन गरेको थियो।कारबाही फुकुवा गर्ने एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव बैठ

माधव नेपालसहित एमालेका ४ नेतामाथिको निलम्बन फुकुवा

काठमाडौं। एमालेले पार्टीका ४ नेतालाई गरेको निलम्बन फुकुवा गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

दुई एसपीको निलम्बन फुकुवा गर्न सिफारिस

भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरिक्षक (एसपी)को निलम्बन फुकुवा गर्न सिफारिस गरिएको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयमा सिफारिस गरेको हो ।प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार इन्सपेक्टर मेघराज चौरसियालाई पनि सेवामा फिर्ता बोलाउन सिफारिस गरिएको छ । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले भ्रष्टाचार गरेको आरोपमा गृहमन्त्रालयले ०७७ मंसिरमा तीनै जनालाई निलम्बन