७ वटा गीत रेकर्ड गराएपछि गाउँ फर्किइन् प्रीति विक

काठमाडौं : सुर्खेतकी ९ वर्षीया प्रीति विकले काठमाडौंमा ७ वटा गीत रेकर्ड गराएर गाउँ फर्किएकी छन्। आज (बिहीवार) उनी आमासँगै गाउँ सुर्खेत फर्किएकी हुन्।फागुन ३ गते सुर्खेतको जनजागृत आधारभूत विद्यालयमा आफ्नो पारिवारिक समस्या र आफूले बुवा गुमाएपछि भोगेको पीडा गीतमार्फत सुनाएकी थिइन्। उनका बुबालाई सम्झिँदै रोएर गाएको उक्त गीत सामाजिक सञ्जालमा भाइरल भएको थियो।त्यसपछि प्रीतिलाई युट्युबर भोजराज थापाले काठमाडौँ ल्याएका थिए। उनका अनुसार प्रीतिले हालसम्म ७ वटा गीत रेकर्ड गराएकी